सहारा खोज्दै बालिका


बेसहारा अवस्थामा यहाँ भेटिएकी एक बालिका सहाराको खोजीमा भौँतारिएकी छिन् ।
सहर खजद बलक
आफन्त र ठेगानाबारे समेत जानकारी नभएकी अञ्जु नाम बताउने करिब ९ वर्षीया ती बालिका जिल्लाको समैजीमा अलपत्र अवस्थामा फेला परेकी हुन् । दुई दिनदेखि महिला मुक्ति समाज डडेल्धुरा शरणमा रहेकी बालिकाले सहयोग याचना गरिरहेकी छिन् । बालिकाका आफन्त र ठेगानाबारे स्पष्ट जानकारी प्राप्त नभएको समाजले जनाएको छ ।
बालिकाको दीर्घकालीन व्यवस्थापनका लागि डडेलधुरास्थित अधिकारकर्मीले पनि विभिन्न निकायमा अनुरोध गरेका छन् ।
nepaliheadlines.com

,

news and entertainment