कति व्यापार गर्यो फिल्म ‘कोहिनुर’ले ? पाँचौं हप्ता पनि हाउसफुल
लोकप्रिय नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुरले मंगलबारसम्म ८ करोड कलेक्सन गर्दै हालसम्मका नेपाली फिल्मका सबै रेकर्ड तोडिदिएको छ । वितरक सुनिल मानन्धरका अनुसार फिल्मले हालसम्म झन्डै आठ करोड ग्रस कलेक्सन गरिसकेको छ भने प्रदर्शक र वितरकको अंश कमाइ निर्माता पक्षको हातमा ४ कारेड पर्ने निश्चित प्रायः भएको छ । पाचौं हप्तामा फिल्म चलिरहँदा अझै हाउसफुल भइरहेको छ । देशभरि नै असोचनीय व्यापार गरिरहेको फिल्म पाचौं सातामा चलिरहँदा निर्माण समुहले सोमबार राति यसको विशेष शो आयोजना गरेको छ । जहाँ पति वियोगको पीडा भोगिरहेकी नायिका श्वेता खड्काले पनि भक्कानिदै पहिलोपटक आफ्नो पति श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म हेरिन् । गहभरि आँशु पार्दै उनले फिल्म हेर्न आएका पाहुनाहरुलाई नमस्कार गरेकी थिइन् ।
