तेलुगू फिल्मकी एक चर्चित अभिनेत्री श्वेता बासु प्रसादलाई हैदराबाद पुलिसले एक देह व्यापार गिरोहमा संलग्न भएको अरोपमा पक्राउ गरेको छ । सन् २००२ मा शबाना आजमीको चर्चित फिल्म “मकडी”मा बालकलाकारको भूमिकामा निकै लोकप्रियता हासिल गरेकी श्वेताले भने आफुलाई रकम अभावका कारण यस्तो कार्य गर्नु परेको बताएकी छन् |
बलिवुडमा “इकबाल” र “डरना जरुरी हे” नामक चलचित्रमा अभिनय गरेर साउथ फिल्म इन्डस्ट्रीमा काम गर्न थालेकी श्वेतालाई हैदरावाद प्रहरीले शहरको बंजारा हिल्स एरियाको एक चर्चित होटलमा गरिएको रेडका क्रममा रंगे हात पक्रेका थिए । प्रहरीले उनको साथमा तेलुगू फिल्म इण्डस्ट्री अर्थात् टलिवुडका एक बालू नाम गरेका सहायक निर्देशकलाई समेत पक्राउ गरेको थियो | प्रहरीले उनलाई पिडित रहेको भन्दै रिहा समेत गरि सकेको छ |
उनले “मकडी”मा गरेको शानदार अभिनयको लागि सर्वश्रेष्ठ बाल कलाकारको रुपमा नेशनल फिल्म अवार्ड पनि जितेकी थिइन् । यसपछि उनी टिभी सिरियल “कहानी घर घर की” र “करिश्माका करिश”मा पनि देखिएकी थिइन् । भारतीय संचार माध्यमका अनुसार श्वेतालाई हाल एक सुधार गृहमा राखिएको छ जहाँ अनैतिक तस्करी रोकथाम अधिनियमका अनुसार गिरफ्तार गरिन्छ | उनले यस शिलशिलामा आफु मात्र नभई अन्य अभिनेत्री पनि आफु जस्तै पिडित हुन गइ यस कार्यमा लागेको बताईन |
बालकलाकारका रुपमा नेशनल अवार्ड जितेकी नायिकाको यौनधन्दासम्मको यात्रा
news and entertainment
