सपनीमा आउने सुन्दरी को हुन् ?-भिडियो)



नामले नै केही पृथकता बोकेको चलचित्र ‘श्री ५ अम्बरे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘जब सपनीमा आइरहन्छौ’ बोलको गीत सार्वजनिक गरेर मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको निर्माणपक्षले आक्रामक प्रचारलाई अगाडि बढाएको हो ।
डाक्टर कृष्णहरी बरालको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना र मिलन अमात्यले स्वर दिएका छन् । यो चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, पि्रयंका कार्की, यम बुद्ध, विक्रम सिंह, मतिन खान लगायतका कलाकारको अभिनय छ । जीवनसाथी फिल्मस्को ब्यानरमा बनेको यो तेश्रो सिनेमा हो ।
दीपा बस्नेतको निर्देशनमा तयार भएको सिनेमालाई टी.एन आचार्य र दीपक आचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । गीतको भिडियोलाई क्रोमामा खिचिएको छ ।

, , , ,

news and entertainment