ओलीले प्रचण्डलाई राष्ट्रविरोधी भनेपछि………




प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार बसेको अनौपारिक बैठकमा एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच एकले अर्कोलाई ‘राष्ट्रविरोधी भन्दै आरोप पत्यारोप गरेका छन् । बैठकमा प्रचण्डले सहमति र असहमतिका विषयलार्य केन्द्रित गरी संविधानसभामा प्रतिवेदन पठाउनुपर्ने बताएका थिए । जवाफमा ओलीले नियमावलीअनुसार सहमति र असहमतिको प्रतिवेदन पठाउनु पर्ने र संविधानसभाले प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
संविधानसभाले प्रतिवेदन समितिमा फर्काउनुभन्दा पनि प्रक्रियामा जान उपयुक्त हुने धारणा ओलीले राखेपछि प्रचण्डले सहमतिबिना प्रक्रियाबाट संविधान निर्माण गरेर देखाउन चुनौती दिएका थिए । प्रतिवाद गर्दै ओलीले भने,‘एमाओवादीलाई क भ्रम नहोस् भने संवाद समितिको प्रतिवेदन संविधानसभाले प्रक्रियामा लैजान्छ । र संविधान बनाइन्छ । राष्ट्रिय एकताविरोधी मोर्चासँग लगनगाँठो कस्ने शक्तिलाई पुनः जनताबीच परास्त गरिन्छ । प्रचण्डजी तपाइको नीति नै गलत छ ।’ जवाफमा प्रचण्डले आक्रोस व्यक्त गर्दै भनेका थिए–राष्ट्रिय एकताको पक्षमा हामी जति दृढ कोही पनि छैन । मुलुकका समग्र आन्दोलनका म्यान्डेट,१२ बुँदेदेखि ४ बुँदे सहमतिसम्मको कार्यान्वयनविना संविधानको अर्थ छैन । राष्ट्रविरोधी म नरहेर ओली रहेको प्रमाण संघीयता,गणतन्त्र र परिवर्तनका लागि भएको संघर्षलाई आत्मसात् नगर्ने तपाईको नियत हो ।’ चर्काचर्की भएपछि बैठक बिनानिष्कर्ष टुंगियो,आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

,

news and entertainment