पुरस्कृत गर्न सरकारले ‘सर्वोत्कृष्ट’ कर्मचारी नै भेटेन




सरकारले पुरस्कृत गर्नका लागि यस वर्ष ‘सर्वोत्कृष्ट’ निजामती कर्मचारी फेला पार्न सकेन । २०५६ सालमा स्थापित उक्त पुरस्कारबाट यसअघि दुईजना कर्मचारीमात्र पुरस्कृत भएका छन । उक्त पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ ।
उत्कृष्ट काम गरेबापत दिइने उत्कृष्ट निजामति कर्मचारी पुरस्कार र उल्लेखनीय कार्यसम्पादन गरेवापत दिइने निजामती सेवा पुरस्कार भने आइतवार बिहान घोषणा गरिने कार्यक्रम छ । पुरस्कारको घोषणा हरेक वर्ष निजामती सेवा दिवसको अवसरमा भदौ २२ गते गर्ने गरिन्छ ।
जनही एक लाख रुपैयाँ राशिको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार १० जनालाई र ५० हजार राशिको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने सामान्य प्रशासन मन्त्रालय स्रोतले बताएको आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
‘सर्बोत्कृष्ट पुरस्कार दिने कर्मचारी नभेटिएको हो वा नाममा विवाद परेका कारण हो यसपटक घोषणा गर्न खोजिएको छैन,’मन्त्रालयका एक उच्च अधिकारीले भने । अहिलेसम्म दुईजनाले मात्र उक्त पुरस्कार पाउनुले पनि हरेक वर्ष दिनुपर्ने बाध्यता नभएको ती अधिकारीले बताए ।
www.ratopati.com

news and entertainment