निधारले हानेर किला काठमा ठोक्ने मान्छे
अमेरिकाको बोष्टनका एक जोन फेर्रारो नाम भएका ब्यक्तिले आफ्नो निधारले ९ इन्चको किला ठोक्ने मात्र हैन, सिक्कालाई निधारमै बङग्याइदिन पनि सक्छन् । फेर्रारोले हालै आफ्नो अविश्वसनीय क्षमता प्रदर्शन गरेका छन् । तयारी, तालिम र लक्ष्यप्रतिको समपणकै कारण आफू यसो गर्न सफल भएको उनले बताए ।
चिकित्सकहरुका अनुसार उनको निधारको हड्डीको मोटाई औषत मानिसहरुको भन्दा साढे दुई गुना बढी बाक्लो छ । औषत मानिसको ६।५ एमएम हुन्छ भने उनको १६ एमएम मोटो छ । उनको हावर्ड मेडिकल स्कुलमा परिक्षण समेत गरिएको थियो ।
तर, उनको हड्डी बढ्ने जस्तो कुनै रोग देखिएन । यो वंशाणुगत उपहार भएको चिकित्सकहरुको भनाई छ ।
www.nepaliheadlines.com
