श्रीमानको शंका
पूर्व मोडल केटी प्राइसले श्रीमान काइरन हेलरप्रति शंका लागेर डिटेक्टर टेस्ट गराएको खुलासा गरेकी छिन्। हालै एक अन्तर्वार्ता दिँदै केटीले आफ्ना पति काइरनका अविश्वसनीय रवैयाका कारण तनाव झेल्नुपरेकाले शंकानिवारणका निम्ति डिटेक्टर टेस्ट गराउनुपरेको बताइन्। ३६ वर्षीया केटीले आफ्ना श्रीमान् इमान्दार भएको बताउँदै तर पनि सन्तुस्टिका लागि उक्त बाटो अपनाउनुपरेको तर्क पेस गरिन्। यसभन्दा अघि पनि काइरनको यसप्रकारको टेस्ट गराइएको उनले बताइन्। शंकाले अविश्वास जन्माउने भएकाले यो फर्मुला अपनाएको बताउँदै केटीले अर्का पूर्वपति एलेक्स रिडका लागि पनि डिटेक्टर टेस्ट गराएको खुलासा भएको छ। टेस्ट अघि प्रेमसम्बन्धी प्रश्नपत्र तयार गरेर उनी प्रयोगशालामा पुग्थिन्। काइरनलाई प्रश्न गर्ने क्रममा केटीले तिमी जसलाई प्रेम गरिरहेका छांै उसलाई अपनाएर मलाई छोडिदिने तयारीमा छौं ? भनेर सोधेकी थिइन् तर काइरनले होइन भनेपछि उनी दंग परिन्।
