बारामा कर्फ्यु, गोली लागेर एकको मृत्यु, ३ जना घाइते

 बाराको सिम्रौनगढस्थित गण्डक नहरमा प्रहरीको गोली लागि बारा हरिहरपुरका नयकाटोलका जयनारायण पटेलको मृत्यु भएको छ भने अरु ३ जना घाइते भएका छन् ।

गण्डक नहरको बाटो मर्मतको माग राखी आन्दोलित गाउँंलेको भीडले गण्डक नहरमा रहेको प्रहरी चौकीमा आगजनी गरी पर्खाल भत्काएपछि प्रहरीले स्थिति नियन्त्रणका लागि गोली चलाएको बताइएको छ ।

सुरक्षास्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले त्यसक्षेत्रमा साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

चार दिनदेखि बारा, सिमरौनगढका स्थानीयहरु आन्दोलनमा छन् ।

,

news and entertainment