मोदीका मन्त्रीहरु कति धनी; विवरण सार्वजानिक
सत्तारुढ दल भारतीय जनता पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीका मन्त्रीहरु कति धनी छन् । भारतको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा मोदी र उनको मन्त्रीमण्डलका सबै ४४ जनाको सम्पति उल्लेख भएअनुसार केन्द्रीय मन्त्रीमा सबैभन्दा धनी अर्थ तथा रक्षामन्त्री अरुण जेटली छन् । जेटलीको कुल सम्पत्ति ७२.१ करोड रुपैयाँ छ । यसैगरी मोदी मन्त्री
विवरणअनुसार प्रधानमन्त्री मोदीसँग कुल १.२६करोड रुपैयाँ बराबरको सम्पत्ति छ । तर विवरणमा मोदीलाई आफ्नी पत्नीजसोदा बेनको सम्पतिबारे भने कुनै जानकारी नभएको उल्लेख छ । स्मरणीय तथ्य मोदीसन् १९६८ देखि नै पत्नी जसोदा बेनबाट अलग्गिए बस्न थालेका थिए । मोदीसँग घर भएपनि कुनै जग्गाजमिन छैन । मोदीसँग अहमदाबादमा आफ्नो घरछ, तर जग्गा जमिन भने नभएको सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।
मोदी मन्त्रिमण्डलका मन्त्रीको सम्पत्ति विवरण
प्रधानमन्त्री नरेन्द्र मोदी १ करोड २६ लाख
गृहमन्त्री राजनाथ सिंह २ करोड ५६ लाख
विदेशमन्त्री सुषमा स्वराज २ करोड ७३ लाख
अर्थ तथा रक्षामन्त्री अरुण जेटली ७२ करोड १० लाख
परिवहनमन्त्री नितिन गडकरी ३ करोड ३४ लाख
रेलमन्त्री डिवी सदानन्द गौडा ४ करोड ३४ लाख
जल संसाधनमन्त्री उमा भारती १ करोड ६२ लाख
कानुन तथा सञ्चारमन्त्री राविसंकर प्रसाद १४ करोड ९१ लाख
खाद्य प्रसोधनमन्त्री हरसिमरत कौर बादल १२ करोड ८२ लाख
रेल राज्यमन्त्री मनोज सिन्हा २९ करोड ८२ लाख
महिला तथा बालकल्याणमन्त्री मेनका गान्धी ३७ करोड ६८ लाख
मानव संसाधन विकासमन्त्री स्मृति इरानी ४ करोड १५ लाख
पूर्वोतर मामिला राज्यामन्त्री जनरल विके सिंह ६८ लाख ७६ हजार
ठूला उद्योगमन्त्री अनन्त गीते १ करोड ६६ लाख
कोइला तथा उर्जा राज्यमन्त्री पियुष गोयल ३१ करोड ६७ लाख
अल्पसंख्यक मामिलामन्त्री नजमा हेपतुल्ला २९ करोड ७० लाख
खाद्यमन्त्री रामविलास पासवान ३९ लाख ८८ हजार
श्रम तथा रोजगारीमन्त्री नरेन्द्रसिंह तोमर ४४ लाख ९० हजार
स्वास्थ्यमन्त्री हर्षवर्धन ४८ लाख ५४ हजार
रसायन तथा मलमन्त्री अनन्तकुमार ६० लाख ६२ हजार
आदिवासी मामिलामन्त्री जुवाल ओराम १ करोड ७७ लाख
नागरिक उड्डयनमन्त्री असोक गजपति राजु ३ करोड ३२ लाख
घरेल, साना तथा मझौला उद्योगमन्त्री कलराज मिश्रा ७२ लाख ११ हजार
सूचना तथा प्रसारणमन्त्री प्रकाश जावेडकर १ करोड ५ लाख
कृषिमन्त्री राधामोहन सिंह २ करोड ४७ लाख
साभारः नागरिक दैनिक

