मन्दिरमा मूर्तिले एकाएक जल पिएपछि...दर्शनार्थीको घुइँचो
रासस |
चम्चामा पानी राखेर मूर्तिको मुखमा छुवाउँदा शिवलिङ्गका मूर्तिले पानी खाने गरेको प्रत्यक्षदर्शीको भनाइ छ । पानी मुखमा छुवाउँदा भाँडो रित्तिने गरेको छ । मूर्तिले पानी आफसेआप मुखले तानेर खाने गरेको प्रत्यक्षदर्शीको दाबी छ ।
यसरी शिवलिङ्गका मूर्तिले जल पिएपछि वास्तवमै यो सत्य हो वा होइन भनेर हेर्न अहिले नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ दर्शनार्थीको घुइँचो लागेको हो । तर मूर्तिले जल पिएपछि आफैमा अचम्मको विषय बनेको स्थानीयवासी उपेन्द्रकुमार जोशीले बताए । केही वर्ष पहिले गणेशको मूर्तिले दूध पिएको भन्दै काठमाडौँका गणेश मन्दिरमा पनि यस्तै घुइँचो लागेको थियो ।

