अफिसमा तुरुन्त विदा माग्ने सदाबहार १० बाहना
भर्खरै दशैं सकिएको छ । दशैंमा थोरै दिनका लागि छुट्टी पाएकाहरुले विभिन्न बाहना बनाएर विदाको अवधी थपेको हुनुपर्छ ।
नोकरी अत्यन्तै निर्मम शब्द हो । पेट पाल्नकै लागि नगरी नहुने नोकरीबाट केही दिन विदा लिन पनि विभिन्न बाहना बनाउनुपर्ने हुन्छ । विदा सार्वजनिक र निजी हुन्छन् ।
सार्वजनिक विदाका दिन त स्वभाविक रुपमा विदा पाइन्छ नै । निजी कामका लागि विदा लिन भने विभिन्न बाहना बनाउनुको विकल्प रहँदैन । भन्ने वित्तिकै हाकिमले विदा दिँदैनन् । अतः यी वाहानाले विदाका लागि सहयोग पुग्न सक्छन् ।
१. पखालाः डाएरिया, एक सामान्य तर अप्डेरो रोग हो । जुन रोगको सामना हरेक दिन गर्नुपर्ने हुनसक्छ । हामीले विभिन्न पुरातन कथाहरुमा पनि पखालाका बारेमा रोचक कथा सुन्न पाइन्छ । मुगल सम्राट अकबरलाई लागेको पखलाको रोचक कथा पनि बढेका छौं । अफिसमा विदा लिनका लागि कुनै एप्लिकेसन लेख्नु नपर्ने राम्रो बहाना पखाला नै हुन सक्छ ।
२. आमा, बाबु, श्रीमती वा श्रीमानको खराव स्वास्थ्य : आफूले विदा लिनका लागि श्रीमान् वा श्रीमती, बाबु, आमाको स्वास्वास्थ्य अवस्था खराब भएको बहाना बनाउन सकिन्छ । यस्तो बहाना बनाउदा हामिकले विदा दिने पक्का छ । विवाह भएका व्यक्तिहरुले श्रीमान् या श्रीमती विरामी भएको बाहना बनाउँछन् भने अविवाहितले आमा वा बाबु विरामी भएको बाहना बनाएर विदा लिने गरेका छन् ।
३.बेस्ट फ्रेन्डको विवाह : आज मेरो निक्कै नजिकको साथीको विवाह छ, नगए सम्बन्ध सकिन्छ, विदा लिने अर्को महत्वपूर्ण बाहना यो पनि हुन सक्छ । यदि तपाईंले पनि अफिसमा विदा लिने बाहना बनाउनु भएको छ भने आफ्नो नजिकको एक साथीको विवाहको बाहना बनाउन सक्नुहुनेछ ।
४. गाउँ गएको थिए, धेरै दिन लाग्योः नेपाल गाउँ नै गाउँको देश हो । रोजगारीका केन्द्र भनेकै मुख्य मुख्य सहरु मात्र हुन् । अतः विदा लिनकालागि अफिसमा सर गाउँ जानु छ, केहि दिन लाग्न सक्छ भन्ने जस्ता बाहना बनाउनु बेश हुन्छ । यस्तो बाहनाले पनि अफिसमा विदा पाइन्छ ।
५. एक्सिडेन्ट : सावधानी हटी, दुर्घटना घटी भन्ने उखानै छ । हरेक दिन दुर्घटना भैरहन्छन् । विदा लिने एक बाहनाका रुपमा दुर्घटनालाई प्रयोग गर्ने गरेको पाइन्छ । तपाँईंले पनि दुर्घटना भएको दरिलो प्रमाण पेश गर्नुहोस्, नक्कली होस्, तर विदा तुरुन्त ।
६. सरकारी काम : तपाईंले अफिसमा यस्तो कामको बाहना देखाउनुहोस्, जस्को सम्बन्ध सरकारी अड्डा, अदालत या पुलिस प्रशासन होस् । तपाईंले अदालतको पेसी, पुलिसको तारेख वा प्रशासनको बोलावट भएको कुरा अफिसमा जाहेर गर्ने वित्तिकै तपाईको बोसले तपाईंलाई विदा दिन्छ । किनकी कानुनको पालना गर्ने दायित्व उनको पनि हो ।
७. भेट्ने मान्छे आएको : अफिसमा विदा लिने अर्को बाहना भेट्ने मान्छे आएको छ भन्ने नै हो । नातेदार व्यक्तिहरु भेट्न आएको, उनीहरुलाई केहि समय दिनुपरेको जस्ता बाहना बनाउन सकिन्छ । अझ तपाईंको विवाह गर्ने बेला भएको छ भने आफ्नो, भैसकेको छ भने भाई बहिनीको विहेकालागि कुरा गर्ने मान्छे आएको जस्ता बाहना काम लाग्न सक्छ ।
८. औषधोपचारका लागि बैद्यकोमा जानुपर्ने : यदि अफिसमा विदा मिलेन भने तपाईंले औषधालय वा बैद्यकोमा जानुपर्ने बाहना बनाउन सक्नुहुनेछ । घर वा ससुरालबाट उपचारकालागि मान्छे आएको र तीनिहरुलाई आफैंले लग्नुपर्ने र बैद्यले यती बजेको समय दिएको जस्ता बाहना बनाउन सक्नुभयो भने तपाईंको विदा पक्का ।
९.बच्चा वा श्रीमतीको बाहना : बच्चाको स्कुलमा फि तिर्नुपर्ने बेला भएको, बच्चाको स्कुलमा अविभिवकलाई बोलाएको वा श्रीमतकिो काममा जानुपरेको जस्ता बाहना बनाएर पनि अफिसमा विदा मिल्ने गरेको छ । तपाईंको जस्तै तपाईंको बोसको पनि परिवार हुने भएकाले, तपाईंको समस्यालाई बोसले बुझेको हुन्छ । अत, यो बाहनाले पनि विदा मिल्ने पक्का छ ।
१० . दुःखद घडी आयो : टाढाको नातेदारको निधन भएको र अन्तेष्टिमा जानुपर्ने भएको जस्तो बाहना बनाएर पनि विदा लिन सकिन्छ । तर, तपाईंले यस्तो बाहना धरी धरी बनाउँदा अघिल्लो पटक कस्लाई मार्नुभएको थियो,त्यो चाँहि विचार गर्नुपर्छ । एउटै व्यक्ति मरेको बाहना दुई पटक बनाउनु भयो भने हाकिमले ढाँटेको थाहा पाउनुे छ ।
यी र यस्ता बाहना बनाउन सक्नुभयो भने तपाईंले विदा पाउने पक्का छ । तर, यस्ता बाहना सधैं बनाउनुभयो भने चाँहि तपाईंलाई बोसले फटाहा भन्ने पत्ता लगाउने छ र साँच्चै पर्दा पनि विदा नमिल्न सक्छ ।

