प्रमुख तीन दलले पुरानै अडान राख्दा दसैंलगत्तैका छदफलबाट संविधान निर्माणका विवादित विषय संघीयता र शासकीय स्वरुपमा सहमति निस्कन सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार कांग्रेस, एमाले र एमाओवादीका नेताहरुले ती विषयमा पुरानै अडान दोहो¥याए । कांग्रेस, एमालेले संघीय प्रदेश बढिमा ७ र एमाओवादीले कम्तीमा १० हुनुपर्ने अडान राखे ।
त्यस्तै शासकीय रुवरुपमा कांग्रेसले संसद्ले चयन गर्ने प्रधानमन्त्री र एमाओवादीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडान राखे । एमालेले यसअघि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्दै आए पनि अन्तिम निर्णय गर्न बाँकी रहेको जनायो ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा धेरै कुरा भए पनि सहमति हुन नसकेको बताए । ‘सोमबार टुंगोमा पु¥याउने गरी प्याकेजमा कुरा भइरहेको छ,’ उनले भने, ‘संविधानमा सहमति खोज्ने र संसद् खुलाउने कुरा भइरहेको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रमुख दलका पुरानै अडान
news and entertainment
