विशेष अदालतमा इजलासको अभाव
मुद्दाको अनुपातमा बेन्च ब्यावस्थापन नहुँदा विशेष अदालतमा थुनछेक बयानमै समस्या हुन थालेको छ ।
एउटा मात्र इजलास समेत थुनछेक बयानमा ब्यस्त हुने गरेकाले थुनछेक सकिएका मुद्दाको पेसी पछि सर्ने गरेका छन् । विशेष अदालतमा पछिल्लो समय औसतमा दैनिक दुईवटासम्म मुद्दा दायर हुने गरेका छन् ।
तर, दैनिक एउटा मात्र बेन्च बस्ने भएकाले थुनछेक बयानमै समय लाग्ने गरेको छ । थुनछेक समिएका मुद्दाको पेसी टाढा सर्नेै र बयानमा आएकालाई पनि फर्काउनुपर्ने बाध्यता रहेको अदालतले जनाएको छ ।
‘औसतमा दैनिक दुईवटासम्म मुद्दा दर्ता भईरहेका छन्, बेन्च एक मात्र भएकाले थुनछेकमै समस्या भएको छ,’ विशेष अदालतका रजिष्टार नातिबाबु लामिछानेले भने ‘बयानकालागि आएका व्यक्तिलाई पनि बयान गराउन नसकेर फर्काउनुपर्ने समस्या छ ।’ आजको नयाँ पत्रिकामा समाचार छ ।
