नाईँ नभन्नू ल ३को थर्ड सिक्वेल सुरु
गत बर्षको बल्कबष्टर फिल्म नाई नभन्नू ल २ को थर्ड सिक्वेल सुरु भएको छ ।
टाईटललाई मात्र सिक्वेल भनिएको फिल्मको सुटिङ आज देखि सुरु गरिएको हो । पहिलो दिनको सुटिङ सुन्धारा स्थित भद्रकाली मन्दिरबाट शुभारम्भ गरियो जहाँ मुहुर्त पश्चातको पहिलो सट संयम पुरीले दिएका थिए ।
संयमले पहिलो दिनको सट दिएपनि उक्त फिल्ममा नाई न भन्नू ल २ कै हिरो अनुभव रेग्मी केन्द्रीय भूमिकामा रहेको बताईएको छ ।
संयम सहित नाई न भन्नू ल ३ मा आश्मा डिसी, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संचिता लुइँटेल र आर्यन सिग्देल जस्ता ठूला स्टारहरुलाई पनि यो फिल्ममा देख्न पाईने छ । तर यस पटक फिल्म निर्देशनको अभिभारा भने आफ्ना मुख्य सहायक निर्देशक मुस्कान ढकाललाई दिएका छन् निर्देशक विकास आचार्यले ।
नाई न भन्नू ल र नाई न भन्नू ल २ निर्देशन गरी सफलता हात प्राप्त गरेका निर्देशक आचार्यले मुस्कानमा फिल्म निर्देशन गर्ने क्षमता देखिएकाले यो प्रोजेक्ट उनलाई ह्यान्डओभर गरिएको बताए ।
मुस्कानले पनि फिल्म निर्देशनमा डेब्यू गर्न पाएको यो अबसरलाई करिअरकै सवै भन्दा ठूलो उपलब्धी भनेका छन् ।





