टी–२० शृङखलाको पहिलो खेल नेपालले हङकङसँग खेल्ने

केही समयअघि टी–२० राष्ट्रको मान्यता पाएको नेपालले हङकङसँग तीन म्याचको टी–२० शृङखला खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) का अनुसार आगामी नोभेम्बरमा खेल हुनेछ । एसीसीको आग्रहमा श्रीलंकन क्रिकेट बोर्डले एशोसिएट नेपालसहित चार देशको भ्रमण स्वीकृत गरेको थियो ।
नेपाली क्रिकेट टोली टी–२० शृङखलाका लागि कात्तिक २१ गते श्रीलंका पुग्नेछ । शृङखला कात्तिक २३ अर्थात् नाभेम्बर ७ देखि सुरु हुनेछ । श्रीलंकामा रहँदा नेपालले तीन टी–२० र एक एकदिवसी खेल्नेछ ।
त्यसअघि अक्टोबर २३ देखि ३० सम्म मलेसियामा हुने आइसीसी लिग डिभिजन थ्री खेल्नेछ । ट्वान्टी–२० राष्ट्रको मान्यता पाएको नेपालले अर्को वर्ष आयरल्याण्डमा हुने ट्वान्टी–२० विश्वकपको छनोट चरणको खेल सिधै खेल्न पाउनेछ ।

,

news and entertainment