पोषणका नाममा संस्थाले कुखुरा मात्र बाँडिन्छ बाजुरामा


 गर्भवती र नवजात शिशुको पोषणबृद्धिका लागि भन्दै ‘सुआहारा’ नामक गैरसरकारी संस्थाले कुखुरा मात्र बाँडेको छ ।
गर्भवती र नवजात शिशुलाई पोसिलो खाना खुवाएको दाबी गरेको सुआहाराले गाउँमा कुखुरा मात्र बाँडेको स्थानीयले बताएका छन् । जिल्लामा पोषणवृद्धिकालागि सुआहारा र महिला विकास मञ्च नामको गैरसरकारी संस्था चार वर्षदेखि कार्यरत छन् ।
तोली गाविसकी सरिता विकले सुआहाराले गाउँ गाउँमा कुखुरा र विभिन्न किसिमका विउ बितरण गरेको भने पनि कुखुरा बाहेक केही वितरण नगरेको बताइन् । ‘दुई वर्ष पहिले केही विउ वितरण गरेको थियो, तर त्यो म्याद नाघेकाले केही कामै लागेन ।’ उनले भनिन् ।

,

news and entertainment