नेपालले सर्वाधिक २५ खेलमा सहभागिता



सत्रौं एसियाडमा नेपालको सहभागिता ‘जम्बो टोली मिनी सफलता’ हुन पुगेको छ । इन्चोनमा अहिलसम्मकै ठूलो २ सय ५ खेलाडी उतारेको नेपालले सर्वाधिक २५ खेलमा सहभागिता जनायो । लगानीको दृष्टिले हेर्ने हो भने पनि यो एसियाड अहिलेसम्मकै महंगो हो । लगभग ६ करोड रुपियाँ खर्च गरेको नेपालले मात्र एउटा काश्य पदक हासिल गर्न सक्यो ।
सन् १९५१ देखि एसियाडमा सहभागिता जनाउन थालेपनि नेपालले पदकको खाता भने सन् १९८६ सोल एसियाडमा पदक जित्न सुरु गरेको थियो । त्ससपछि नेपालले लगातार पदक जित्ने क्रम जारी छ । यो पटक पनि टोली रित्तो हात घर फिरेन भनेर खुशी मनाउनु पर्ने भएको छ । नेपालका लागि इन्चोन एसियाड सहज रहेन ।
सहभागिता र केही खेलका खेलाडी छनोटबाट बिजारोपण भएको असहज परिस्थिति काठमाडौंबाट हवाइजहाज समयमै नउडदा एथलेटिक्स र टेबलटेनिसले छोड्नु परेको केही खेलमा आएर टुंगियो । क्रिकेट टिम पनि एथलेटिक्स र टेबलटेनिस टिमसँगै त्रिभुवन विमानास्थलमा दुई दिन रोकिदा खेल सुरु हुनु केही घन्टा मात्र कोरिया पुगेको थियो । एथलेटिक्स र क्रिकेटका खेलाडीहरु एयरपोर्टबाट ओर्लेर हल्का आराम समेत गर्न नपाई खेलस्थल पुगेका थिए ।

,

news and entertainment