१० रुपैयाको लोभले ११ वर्षमै आमा
१२ वर्षे बालिका आमा बनिन् भन्ने समाचारले तीन वर्ष अगाडी नैसंसारभर चर्चा कमाएको थियो । तर यो घटना हाम्रै देश नेपालमा दोहोरिएको छ ।तर, दुर्भाग्य, हाम्रै देशमा पनि ११ वर्षकी बालिका आमा बनेकि छन्, त्यो पनिबलात्कारको शिकार बनेर । झापा खुदुनावारी घर भएकी उनी आजभन्दा ७ महिना अघिआफ्नै भिनाजु पर्ने ४० वर्षीय सुरेन विश्वकर्माबाट बलात्कृत बनेकी थिइन् ।घरमा बाबुआमा नभएको बेला, भिनाजुले रु १० दिएर उनलाइ ललाई फकाई गरीशारिरीक सम्पर्क राखेका थिए ।
घटना सार्वजनिक भएको समयदेखि उनी विराटनगर स्थीत एबिसी नेपालको संरक्षणमाथिइन । उनलाई गएराती एक्कासी सुत्केरी बेथाले च्यापेपछि उपचार गराउन कोशीअञ्चल अस्पताल लगिएको थियो । बच्चा त जन्मियो तर सात महिनाको बच्चा बाँच्नभने सकेन ।
बलात्कारीलाई अहिलेसम्म प्रहरीले पक्रन सकेको छैन । इलाका प्रहरी कार्यालयविर्तामोडका अनुसार आरोपी विश्वकर्मा भारतमा रहेको जानकारी पाइएको भएतापनिआधिकारीकमा रुपमा पुष्टि हुन सकेको छैन । आफ्नो कार्यक्षेत्र भन्दा बाहिररहेको हुनाले उनलाई खोज्न मुस्किल भैरहेको छ ।
