आठ लेनको सडक आठ महिनामै भत्कियो:दुर्घटनाको सम्भवना


 माइतीघर खण्डको आठ लेन कालोपत्रे सडक काम सम्पन्न भएको आठ महिनामै भत्किएको छ । ठेकेदार कम्पनीको लापर्वाही र काठमाडौ सडक विस्तार आयोजनाको निरीक्षण तथा अनुगमनको अभावमा सडक भत्किएको हो । माइतीघर, बबरमहल, विजुलीबजार, नयाँबानेश्वर, मिनभवन, शान्तिनगर लगायतको विभिन्न ठाउँमा कालोपत्रे भत्किएको छ ।
सडक भत्किँदा तीव्र गतिमा गुडेका सवारी साधन दुर्घटनाको सम्भवना बढेको छ । मुख्य तथा साइड लेनको कालो पत्रे पनि विभिन्न स्थानमा भत्किएको छ । मुख्य सडकमा बनेका ड्रेनको मर्मत हुन सकेको छैन । सरकारले दुई वर्ष अघि माइतीघर-तीनकुने सडक खण्डको सडक विस्तार अघि बढाएको हो । सडक विस्तार आयोजनाले आठ लेनको सडकलाई व्यवस्थित भएको दाबी छ । तर, सडकको सतह नमिल्दा वषरत वेला सडकमै तलाउ बन्ने गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।


news and entertainment