हृतिक रोशन र सुजैन खानबीच कानुनी रूपमै सम्बन्ध विच्छेद

                                               

अब हृतिक रोशन र सुजैन खानबीच कानुनी रूपमै सम्बन्ध विच्छेद भएको छ । केही महिनाअघि यो जोडीको अप्रत्यासित रूपमा डिभोर्सको खबर बाहिरिएको थियो । बच्चैदेखिका साथी उनीहरूले प्रेमपछि विवाह गरेका थिए । दुनियाँको नजरमा रोल मोडल रहेको उक्त जोडीले १७ वर्षदेखिको रिलेसनसिपलाई टुक्राउला भनेर सायदै कसैले चिताएको थियो । डिभोर्सको खबरलाई दुवैले स्वीकार गरे पनि कारण भने खुलाउन चाहेनन् । हृतिक पनि र सुजैन पनि तैं चुप मै चुप गरेर बसेपछि मिडियाले विभिन्न अड्कलबाजी गर्दै समाचारको खोलो नै बगाए ।

दुईको विच्छेदको भुमरीमा अर्का नायक अर्जुन रामपाल पनि मिसिए । रोशन परिवारसँग निकटको सम्बन्ध राख्ने अर्जुन नै डिभोर्सको कारक रहेको हुन सक्ने अनुमानित खबर बाहिरिएपछि अर्जुनले औपचारिक रूपमै आफ्नो हात नरहेको स्टेटमेन्ट दिनुपरेको थियो । तर डिभोर्सको फाइल अदालतमा पेस भई सकेर दुवै अलगअलग बस्न थालेपछि सुजैन क्यामेरामा आकक्लझुक्कल अर्जुनसँग देखिन थालेपछि शंका गर्नेलाई थप बल पुगेको थियो । कारण त आखिर दुवैले खोल्न चाहेनन् ।

तर सम्बन्ध विच्छेदको कानुनी अड्चन भने बल्भिmरहेको थियो । सुजैनले आफ्नो भरणपोषणका लागि पूर्वपतिसँग एक सय करोड भारु मागेको तर हृतिकले त्यतिका रकम दिन नसक्ने बताएपछि कुरा नमिलेको खबर बाहिरिएको थियो । तर शनिबार बान्द्रा कोर्टले दुवैलाई औपचारिक रूपमै डिभोर्स गराइदिएपछि सबै शंका सेलाएका छन् । डिभोर्सपछि वकिल दीपेश मेहताले भने, 'उनीहरू अब कानुनतः पनि अलग्गिएका छन् । आज -शनिबार) बिहान साढे दस बजेतिर उनीहरूबीचका सबै कुरा मिलेको छ ।

 दुईबीचको डिभोर्स एकदमै युनिक र शिष्ट तवरले सम्पन्न भयो । उनीहरूबीचमा न त भरणपोषण रकम, न त कुनै समझदारी पत्रमा नै हस्ताक्षर गर्नुपर्‍यो । सबै कुरा भरोसा, विश्वास र आदरमा भयो ।' वकिल मेहताले दुईबीचको डिभोर्सलाई कसरी जोडी शिष्ट र स्तरीय ढंगले छुट्टनि सकिन्छ भन्नेमा उदाहरणीय बनेको टिप्पणी गरे । सन् २००० को क्रिसमस समयमा विवाह गरेको यो जोडीका दुई छोराहरू रहेका छन् ।
अब उप्रान्त बच्चाहरूले जुन अभिभावकसँग बस्न रहर गर्छन् उसैले पालनपोषण गर्नुपर्नेमा अदालतले फैसला सुनाएको छ । तीन वर्षको प्रेमसम्बन्धपछि विवाह गरेको उक्त जोडी छुट्टएिको खबर सुजैनले डिभोर्सको स्टेटमेन्ट सार्वजनिक गरेपछि बाहिरिएको थियो । डिभोर्सपछि आएको हृतिकको फिल्म 'ब्यांग ब्यांग' ले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो । अहिलेसम्म हृतिक र सुजैन दुवै सिंगल नै छन् ।

/www.radiokantipur.org

,

news and entertainment