पोर्न स्टारसँग घण्टौँसम्म सामूहिक बलात्कार

                                        

मस्को– रुसकी एक पोर्न स्टार लोला टेलरलाई दुईजना पुरुषहरुले घण्टौँसम्म बलात्कार गरेका छन् । बच्नका लागि उनले तेस्रो तल्लाबाट हाम फालेकी छिन् ।
२२ वर्षीय यी पोर्न स्टारलाई मस्कोको एक फ्ल्याटमा फिल्ममा काम दिने भन्दै बोलाइएको थियो तर त्यहाँ उपस्थित दुई व्यक्तिहरुले उनलाई बलात्कार गरेका थिए । आफैँलाई बचाउनका लागि लोलाले बिल्डिङको तेस्रो तल्लाबाट हाम फालेकी छिन् ।

 बेहोस भएको अवस्थामा उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । एक प्रत्यक्षदर्शीका अनुसार जब टेलरले बाल्कोनीबाट हाम फालिन् तब उनको दुबै खुट्टा भाँच्एिको थियो । उनको कपडा फाटेको थियो भने मुखबाट रगत बगिरहेको थियो । पुलिसले घटनामा संलग्न कोसेनकोव र म्याक्सिम फिलिपिन्कोलाई पक्राउ गरेको छ । (एजेन्सी)


http://www.ratopati.com

,

news and entertainment