अण्डकोष के कारणले सुक्छ ?

अण्डकोष विभिन्न कारणले सानो हुन वा सुकेर जान सक्छ।
अण्डकोषको संक्रमण हुनु, अण्डकोष बाहिर नआउनु र भित्रै अड्किनु, पिटयुटरी ग्रन्थिले आफ्नो कार्य गर्न नसक्नाले अण्डकोषको विकास नहुनु, रेडियो विकिरणको प्रभाव (प्रदूषण हो्स वा चिकित्सा विधिमा प्रयोग हुँदा) पर्ने, महिला हार्मोन युक्त औषधी वा वस्तुको प्रभाव पर्दा तथा क्यान्सर निको पार्ने केही औषधीको प्रयोग केही प्रमुख कारण हुन्।

हाँडेका कारण अण्डकोष सुक्न सक्छ। अण्डकोषको संक्रमण विभिन्न जीवाणु तथा विषाणुको कारणले हुनसक्छ।

विषाणुले गराउने संक्रमणमध्ये धेरैजसो स्थितिमा हाँडे आउनुको कारणले हुन्छ। लगभग ३० प्रतिशत हाँडे आएका व्यक्तिमा अण्डकोषको संक्रमण हुनसक्छ।

विशेष गरी यो किशोरावस्थामा प्रवेश गरिसकेको केही समयपछि त्यस्तो हुन्छ। १० वर्षभन्दा मुनिको व्यक्तिलाई यो विरलै मात्र हुन्छ। अण्डकोष सुक्दै जानुले अण्डकोषमा असर परेको देखिन्छ। 

,

news and entertainment