जीवन लाई सुन्दर फूलको रुपमा हेरौं



-पुजा पौडेल

हरेक व्यक्तिको जीवनलाई हेर्न आ– आफ्नै विचार हुन्छ । हो मान्छे एउटै तर विचार फरक यो प्रकृतिको नियम नै हो । यस्तै विचार मेरो पनि छ । जीवन प्रति हेर्ने दृष्टिकोण । र सवैले जिवनलाई बुझने अर्थ एउटै हुंदैन, त्यस्तै मेरो पनि । भनिन्छ “जिवन सँर्घष हो,  जिवन एउटा अभिसाप  हो । उटा जिउने आधार हो । जिवन एउटा काडाँको फुल हो । जीवन हेर्ने आँखाहरु फरक फरक छन् ।

    मेरो पनि जिवन प्रति आफ्नै दृष्टिकोण छ ।  होला सकरात्मक सोचले हुनु पर्छ यो जिवनलाई सुन्दर प्रकृतिको फूल देख्छु । मानव जिवन हामी एक पटक मात्र जिउन पाउँछौ । यो एउटा कुनै पुर्व जन्मको प्रतिफल हो ।

जीवनका धेरै घुम्तिहरु आउँछ । कतै निरासा, कतै उत्साहित कतै कठोर निर्णयको प्रतिबन्ध । कोही आफ्नै जीवन देखेर खुसि हुन्छन् कोही आफ्नै जीवनलाई दर्द सम्झेर आत्माहत्या गर्छन । जीवन प्रति सकरात्मक सोच देख्नेलाई मेरो सलाम छ । जीवनलाई आत्मा हत्याको पाठ सिकाउने मित्रलाई आत्मा देखिनै प्रश्न छ । के जीवन आत्मा हत्याको लागि हो कि सर्व श्रेष्ठ भएर जिउनको लागि ।

जिवन यस्ता अनगतिन्त मोडहरु आउँछ र जान्छ । समस्यासँग जुध्न नसक्नु मानविय कम्जोरी हो । यो कायरता हो । यो नामर्दा हो मेरो व्यक्तिगत धारणा । संसारमा सवै  मानिस खुसी र सुखी मात्र हुन्छ भन्ने हुदैन, दुःखी हुन्छ ।  तर सुख र दुखको बीचमा जीवनले बाँच्न सिकेको हुन्छ भन्ने कुरालाई भित्रि चर्म चक्ष्युले हेर्न आवश्यक छ । यही हो मानविताको सचेतना । जस्तो सुकै परिस्थितमा पनि डड्न सक्नु पर्छ । यो नै सफलताको मानव जीवनको सार्थता हो ।

मान्छेमा सकारात्मक सोच विकास हुन अनिवार्य छ । अन्याय र अत्याचार सहनु हुदैन तर यदी कसैले अत्याचार गरीरहन्छ भने सहन नसक्ने मानव स्वभाव नै हो ।  यही स्वभावले पछि आफैलाई अफ्ठेरोमा पारेको हुन्छ । मैले भन्न खोजेको अन्याय र अत्याचार सहनु हुदैन र न्यायको लागी आफु शान्त भइ सम्वन्धित निकायमा पुग्नु पर्छ ।रिसले आफैलाई मानसिक रुपमा तवान दिइ रहेको हुन्छ । यसलाई शान्त पार्नको लागि विभिन्न विकल्पहरु अपनाउन सक्छौं । यदी कसैले आफनो आलोचना गर्छ भने उसलाइ हामीले हाँसेर जवाफ फर्काउन सकियो भने यो हाम्रो महानता हो ।  किनकी हामीले आफ्नो कम्जोरीलाई सबल बनाउनदै सकरात्मक प्रतिस्पर्धा गर्न सक्छौं । हामीले हाम्रो जिवनमा घमण्ड कहील्यै गर्नु हुदैन , घमन्डले हामीलाइ अघी बढन दिदैन । सिकाइको क्रममा सधै सरल सहज हुंदै सामान्य भएर विवेक पुर्ण भएर गर्नु पर्छ ।

    अहमता पुर्वक सिकिएको कुरा कहिलै सफल हुदैन । यसैले यो विषयमा ध्यान दिन जरुरी छ ।

सुख दुख जीवनको पाहुना हुन् । यदी जिवनमा सधै हाँस्न मात्र कहाँ पाइन्छ र कहिले कही आँखा भिजाउनु पनि पर्छ । यसैमा जीवनको सार्थकता । अत्यास लाग्दा परिस्थितिमा पनि नदुखेको आभाष गर्न सक्नु पर्छ । यस्ले जिवनमा दुखको अनुभुती हुदैन । यही नै हो जीवनको सुन्दर पक्ष ।
संघर्षको जीवन नै सफलताको कथा हो । यस्ले नयाँ पिढिलाई प्रोत्साहन मात्र गर्दन नयाँ नयाँ सपनाको कल्पनामा डुबाउँछ र जीवन प्रनि आशा भरोसा र सफलताको जीवन प्रतिको दृष्टिकोण राख्छ ।

    यथार्थमा, हामीले विवेकपूर्ण दिमागले सोच्ने हो भने हाम्रो जिवन सुन्दर फुल जस्तै पाउँछौ ।  जसरी आनि छ्योइङ डोल्माले गाउँनु भएको गीत छ फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । जीवनलाई हेर्ने दृष्टिकोण कस्तो छ । यसैले हामी सदैव फूलको संसारबाट हेरौं । तव जीवन रंगित देखिन्छ ।

जन्म र मृत्यु बीचको समय नै जीवन हो । जन्म पछि जरुर मृत्यु स्वकाुर्न पर्छ नै । यो बीचमा नयाँ काम गरौं । सदैव सबैले सम्झने काम गरौं । सानो नै किन नहोस । मानिस ठूलो हुन ठुलै काम गर्नु पर्छ भन्ने छैन । सानै कामले पनि महान बन्न सक्छ । यो नै महानत हो । जीवन प्रतिको उत्तरदायित्व हो । तर्सथ हामी सबैले हाम्रो जिवनको अमुल्य अर्थ बुझौं ।  आफु प्रत्येक पल सुखी खुसी भइ सकरात्म सोच र सिर्जना गरेर नयाँ पन दिन सकौं । यसैमा छ जीवन प्रति हेर्ने दृष्टिकोण । अनि जिवन ज्यूउँने कला तव जीवनको साँघु सजिलै तर्न सकिन्छ ।

लेखिका पिएन क्याम्पसमा BALLB दोस्रो बर्षमा अध्ययनरत छन ।

setoparewa.com/2014/11/18/13736#sthash.rY8YqFIp.dpuf

,

news and entertainment