सचिन तेन्दुलकरले झण्डै १५ वर्षमा बनाएका कीर्तिमान धरापमा



एजेन्सी । ‘जसले मौकामा चौका हान्छ उसैले जीवनमा माजी मार्छ ।’ यस्तै गरेका छन् भारतीय क्रिकेटर विराट कोहलीले ।

श्रीलंकाविरुद्ध सन् २००८ मा डेब्युर गरेका कोहलीले अहिलेसम्म पछि फर्किएर हेर्नुपरेको छैन । उनले केही क्षेत्रमा मास्टर ब्लास्टर सचिन तेन्दुलकरलाई समेत पछि छाडिसकेका छन् ।

उनले यही रुपमा खेल्ने हो भने उनी एक दिन संसारकै सर्वश्रेष्ठ व्याट्सम्यान बन्नेछन् । हालै श्रीलंकाविरुद्धको सिरिजमा उनले आफू जिम्मेवारी उठाउन तयार रहेको पुष्टि गरेका छन् । एकातिर राँचीको खराब पिच र अर्कोतर्फ लगातार विकेट गिरिरहेको थियो ।

यसको बाबजुत कोहलीले संयमतापूर्व व्याटिङ गर्दै १३९ रनको महत्वपूर्ण पारी खेल्दै भारतलाई जित दिलाए ।

कोहली यो सँगै सबैभन्दा छिटो वान डे क्रिकेटमा २१ शतक बनाउने खेलाडी बनेका छन् । उनले २१ शतक आफ्नो १३८ औं पारीमा पुरा गरेका हुन् । यही २१ औं शतक सचिन तेन्दुलकरले २०० औं र शौरभ गांगुलीले २१७ औं पारीमा पुरा गरेका थिए ।

लक्ष्य पछ्याएको खेलमा खेलमा विराटको यो १३ औं शतक थियो, जबकी सचिन तेन्दुलकरले लक्ष्य पछ्याएको खेलमा सबैभन्दा बढि १४ शतक प्रहार गरेका थिए ।

जसका लागि सचिनले ४५२ पारी खेले भने कोहलीले १३८ पारी खेलेका छन् । यसपछि सइद अनवर र सनथ जयसूर्या ९–९ शतकका साथ तेस्रो नम्बरमा रहेका छन् ।

कोहली सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडिको लिस्टमा अब क्रिस गेल र हर्शल गिब्सका साग संयुक्त रुपमा पाँचौ नम्बरमा रहेका छन् । कोहली अब सचिन तेन्दुलकर (४९), रिकी पोन्टिङ (३०), सनथ जयसुर्या (२८) र शौरभ गांगुली (२२) भन्दा पछाडि रहेका छन् । राँचीमा खेलिएको श्रीलंका विरुद्धको खेलसँगै कोहलीले यो वर्षमात्रै १००० रन पुरा गरेका छन् ।

यो संगै उनले लगातार ४ वर्ष १००० रन बनाउने शौरभ गांगुलीको कीर्तिमानको बराबरी गरेका छन् । गांगुलीले सन् १९९७, १९९८, १९९९ र २००० मा लगातार १००० रन पार गरेका थिए । यस्तै उनी देश र विदेशमा द्विपक्षीय सिरिजमा क्लिनस्विप गने पहिलो कप्तान पनि बनेका छन् ।

श्रीलंका विरुद्धको खेलमा ५–० को जित निकाल्नुपूर्व कोहलीको अगुवाईमा भारतले जिम्बाबेलाई उसकै मैदानमा ५–० ले हराएको थियो । यी तमान उपलब्धिले विराट कोहलीले विश्वका सर्वश्रेष्ठ क्रिकेट हस्तीलाई पनि पछि पार्ने अनुमान गरिएको छ ।


- Seewww.nepalsandesh.com/2014/11/18/110063#sthash.4xS7dVv7.XlCwT4p2.dpuf

,

news and entertainment