पाको उमेरमा बाबु बन्दा धेरै फाइदा हुने नया तथ्य
विवाह ढिलो भएका र सन्तान जन्माउन पनि ढिला भएका पुरुषहरुका लागि खुसीको खवर छ ।
डेली मेलमा प्रकाशित रिपोर्टका अनुसार ढिलो बाबु बन्ने पुरुषलाई स्वास्थ्यको दृष्टीले राम्रो हुन्छ । पाको उमेरमा बाबु बनेकाहरुलाई मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलसँग सम्बन्धित रोगहरुको समस्या कम हुन्छ ।
न्यूजिल्याण्डमा गरिएको उक्त शोधका क्रममा अध्यनकर्ताहरुले पुरुषलाई अधिकतम ७० वर्षको आयु मानेर सबै भन्दा उचित बाबु बन्ने उमेर ४६ वर्ष हुने निष्कर्ष निकालेका हुन् ।
पुरुषहरुलाई ढिलो बाबु बन्दा धेरै फाइदा हुने दावी यो शोधले गरेपनि यसले महिलालाई पार्ने प्रभावबारे भने अध्यनले केही बोलेको छैन ।
युरोपेली देशमा अहिले महिलाका लागि आमा बन्ने औषत उमेर ३० वर्ष मानिएको छ ।
यो शोध द अमेरिकन जर्नल अफ बायोलोडी मा प्रकाशित भएको छ ।
http://nepaliheadlines.com/2014-11-17-09-38-46.html#sthash.QDKESCkl.dpuf