३५० करोड कारोबार गरेको शाहरुखको ‘ह्याप्पी न्यु इयर’ ओस्कारको लाइब्रेरीमा



मुम्बई । संसारभरमा ३५० करोडको कारोबार गरिसकेको अभिनेता शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु इयर’ ले धमाका मच्चाइरहेको छ ।

‘ह्याप्पी न्यु इयर’ फिल्मको स्क्रिनप्ले ओस्कार लाईब्रेरीको कलेक्सनमा सामेल गरिएको छ । ओस्कार लाइब्रेरीमा समावेश भएको शाहरुखको यो तेस्रो फिल्म हो ।

लाईब्रेरी अफ द एकेडेमी अफ मोसन पिक्टर एण्ड साइन्सेजको कोर कलेक्सनमा यो फिल्म सामेल छ ।
ह्याप्पी न्यु इयर भन्दा पहिले फिल्म ‘डैम ९९९’, ‘देवदास’ ‘चक दे इण्डिया’, ‘गुजारिस’ लगायतका फिल्म कोर कलेक्सनमा शामेल छन् ।

 http://www.nepalsandesh.com/2014/11/17/109928#sthash.jSjRjoa0.c76xR56T.dpuf

,

news and entertainment