सब ईन्जिनियरको तलब एक रुपैंया

लाखौं रुपैया खर्चिएर इन्जिनियरिङ पढेका व्यक्तिले कति तलव आशा गर्लान् ? २५ या ३० हजार! तर, मोरङको सुन्दर-दुलारी नगरपालिकामा कार्यरत सबइन्जिनियर अम्बिका गुरागाइँले मासिक एक रुपैयाँ तलव पाउने भएका छन्।



उनले नै नगरपालिकासँग मासिक एक रुपैयाँ तलव लिने प्रस्ताव गरेको नगरपालिकाकाले जनाएको छ।

नगरपालिकाले टेन्डर खोलेर घटाघट तलवमा आवेदन मागेपछि एक रुपैयाँ तलव प्रस्ताव गर्ने गुरागाइँले जागरि पाएका हुन्। जागिरका लागि आवेदन दिने १७ जनाले ३ देखि १४ हजारसम्म तलव प्रस्ताव गरेका थिए।

एक रुपैया तलवमा जागिर खाएका गुरागाइँले भने आफूले सेवाका लागि जागिर खाएको बताएका छन्। यसअघि दुलारी गाविस हुँदा पनि उनले निशुल्क सेवा दिंदै  आएको खबर आजको  नयाँ पत्रिका दैनिकले छापेको छ ।
एजेन्सी
nepaliheadlines.com

,

news and entertainment