‘कालो धन’ फिर्ता ल्याएरै छाड्छु : नरेन्द्र मोदी

 

आईतवार 16 कार्तिक, 2071

काठमाडौं, कार्तिक १६ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमा जम्मा गरिएको कालो धनको पाई पाई फिर्ता ल्याउने आश्वासन दिएका छन् ।  आकाशवाणी मार्फत् देशवासीका नाममा सम्बोधन गर्दै उनले देशको सम्पत्ति विदेशमा थुपार्नेलाई कार्वाही गरेरै छाड्ने दावी गरे ।

देशको कति पैसा बाहिर छ भन्ने प्रष्ट नभएको भन्दै मोदीले तर, गरीब जनताको जति पैसा बाहिर गएको छ, त्यसको पाई पाई फिर्ता ल्याउने बचन दिए ।  ‘मन की वात’ नामक कार्यक्रमका क्रममा उनले काला धन फिर्ता, सफाई अभियानलगायतका सरकारी अभियानमा सघाउन देशवासीलाई आह्वान गरे ।


imagekhabar.com

,

news and entertainment