प्रचण्डलाई राष्टपति बनेर आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न ओलीको प्रस्ताव

Prachand-Oli

काठमाडौं, १६ कात्तिक । एमाओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले ओली निवास बालकोट भक्तपुर पुगेर एमाले अध्यक्ष ओलीलाई भेट्नुभएको हो । भेटमा अध्यक्ष प्रचण्डले ओलीलाई संघीयताका मर्म विरुद्ध गए देशमा अनिष्ट हुने तर्फ सचेत रहेर जिम्मेवार बन्न सुझाव दिनुभएको थियो । ओलीले भने आगामी सत्ता गठवन्धन र पावर शेयरिङमा सहमति गरौ भन्ने प्रस्ताव गर्नुभएको थियो । घुमाउरो तरिकाले ओलीले संविधान घोषणा पछि तपाईं राष्टपति र म प्रधानमन्त्री बन्ने गरी सहमति गरौं भन्ने प्रस्ताव राखेको स्रोतको भनाई छ । जबाफमा प्रचण्डले संविधानमा विशेषगरी शासकीय स्वरुप र संघीयताका विषयमा सहमति नभएसम्म अरु कुरामा प्रवेश गुर्नको कुनै अर्थ नभएको बताउनुभएको थियो ।

सत्तारूढ कांग्रेस र एमालेले छ प्रदेशसहितको संघीयता मोडेलमा साझा धारणा बनाएको भोलिपल्ट प्रचण्डले ओलीलाई भेट्नुभएको हो ।
भेटमा संविधानका विवादित विषयमा छलफल भएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।


https://www.blogger.com/


,

news and entertainment