विपक्षी-दल-आज-पनि-विभिन्न-छलफलमा







१० माघ, काठमाडौँ  ।


 आगामी रणनीति र आन्दोलनको बारेमो छलफल गर्न विपक्षी दलहरु आज पनि बिहानैदेखि छलफल गर्दैछन् ।

 एकीकृत नेकपा माओवादीसहित मधेसवादी दलका साथै नेकपा माओवादीसमेतले आज पनि छलफललाई निरन्तरता दिन लागेका हुन् ।


तत्काल सहमतिको कुनै संभावना नभएको भन्दै विपक्षी दलको मोर्चामा आवद्ध केही दलको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्दैछ ।

त्यसपछि मध्यान्हपछि १९ दलीय मोर्चाको बैठक बस्ने र २ बजे नेकपा माओवादीसमेतको संयुक्त छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

छलफलमा संविधानसभामा आफ्नो भूमिका, आफूहरुको मुद्दा र आगामी दिनमा गरिने आन्दोलनलगायतका विषयमा छलफल हुनेछ ।

सत्तारुढ दुई दलको भने आज छलफल हुने नहुने तय भइनसकेको ती दलको नेताहरुले बताए ।

,

news and entertainment