ओबामा पत्नीलाई १०० वटा साडी उपहार दिँदैछन् मोदी



प्रत्येक साडीको मूल्य ५० हजारदेखि १ लाख भारतीय रुपैयाँ हुने

काठमाडौं, माघ ९ – अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामा भारतीय गणतन्त्रको दिवसका दिन जब भारत यात्रामा आउनेछन् तब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिसेललाई १०० वटा बनारसी साडीहरु उपहारस्वरुप दिन बताइएको छ । मिसेल ओबामा थुप्रै इन्टरनेशनल कार्यक्रमहरुमा ज्याकवार्ड सिल्कको साडीहरुमा देखिएकी थिइन् । साडीप्रतिको मिसेलको पछिल्लो मोहलाई मध्यनजर गरेर नै उनलाई उपहारमा साडी नै दिइने निर्णय गरिएको बताइएको छ ।


खबरका अनुसार प्रधानमन्त्रीको संसदीय क्षेत्र वाराणासीबाट यी साडीहरु पठाइनेछ । यसको जिम्मेवारी वाराणसी वस्त्र उद्योग संघलाई दिइएको छ । संघले नै साडीहरु चयन गर्नेछ र त्यसलाई प्याक गरेर नयाँ दिल्ली पठाउनेछ ।

मिसेज ओबामालाई दिइने प्रत्येक साडीको मूल्य ५० हजारदेखि १ लाख भारतीय रुपैयाँसम्म हुने बताइएको छ ।

, ,

news and entertainment