भारतले नाका बन्द गर्ने संकेत दिँदा चिनले दियो बधाई कुन कुन देशले के भने ?

काठमाडौं, ५ असोज । नेपालमा नयाँ संविधान
 जारी भए लगत्तै भारतले आपूर्ती रोक्ने संकेत गरेको छ
 तर, अर्को छिमेकी देश चीनले भने नयाँ संविधान
 जारी गर्न सफल भएको भन्दै नेपाललाई बधाई दिएक
 छ ।

 नेपालमा संविधान बनेको देखेर छटपटाइरहेको भारतक
 सामु चिनको यो सन्देश भने महत्वपूर्ण मानिएको छ ।
 एउटा छिमेकी देश छटपटाइरहँदा अर्को छिमेकी देशले
 खुसी व्यक्त गरेपछि या चर्चामा आएको छ । चिनले
 सोमबार आगामी दिनमा राष्ट्रिय एकता, स्थिरत
 र विकासका लागि नेपाल अघि बढ्नेमा आफू
 आशावादी रहेको जनाएको छ ।
 चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ् लिले
 नेपालका दलहरु संवाद र छलफलका माध्यमबाट
 राजनीतिक मतभेदहरु संबोधन गर्नेमा आफू आशावादी
 रहेका बताएका छन् । उनले सोमबार बेइजिङ्मा
 पत्रकारहरुसँग कुरा गर्दै यो प्रतिक्रिया दिएका हुन्
 प्रवक्ता होङ् लिले नेपालसँगको द्विपक्षीय
 सम्वन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन् ।
 मुलुक र जनताको आधारभूत स्वार्थलाई ध्यानमा
 राख्दै नेपालका सबै दलहरु आपसी मतभेदहरु संवोधन गर्न
 सफल हुने उनले बताए ।
 ‘नयाँ संविधान जारी भएकोमा नेपाललाई हार्दि
 बधाई दिन चाहन्छौँ, प्रवक्ता लिले भने, नेपालले
 अहिलेको अवसरलाई राष्ट्रिय एकता, स्थायित्व र
 विकासका लागि उपयोग गर्नेछ भन्ने चीनले चाहेको
 छ।’
 नेपालको आर्थिक र सामाजिक विकासका लागि
 नेपालकै क्षमताअनुसार आगामी दिनमा द्विपक्षिय
 मैत्रीपूर्ण सहकार्य र सहायतालाई अझै गहिरो बनाउ
 चीन सदैव तयार रहेको प्रवक्ता लिले उल्लेख गरे ।
 नर्वेले पनि दियो बधार्इ
 यसैबीच नर्वेले नेपालमा नयाँ संविधान जारी
 भएकोमा बधाई दिएको छ । नेपालस्थित नर्वेजियन
 दूतावासले वक्तव्य जारी गरी नयाँ संविधान जारी
 हुनु नेपालको लोकतान्त्रिक विकासमा कोसेढुंगा
 रहेको उल्लेख गरेको छ ।
 ‘नेपालको राजनीतिक नेतृत्व र सबै राजनीतिक
 समूहलाई संयुक्त प्रयासबाट शान्तिपूर्ण माध्यमबाट
 नयाँ संबिधान कार्यान्वयन गर्दै भावी समाजिक
 तथा आर्थिक विकास सुनिश्चित गर्न नर्वे आग्रह गर्छ
 वक्तव्यमा भनिएको छ ।
 यसअघि भारतले नेपालमा नयाँ संविधानको
 आगमनप्रति भारतको चिसो प्रतिक्रिया आएको
 थियो । भारतले नेपालमा नयाँ संबिधान जारी
 भएकोमा स्वागत र नेपाली जनतालाई बधाई
 दिइएको छैन ।
 ‘नेपालमा एउटा संविधान जारी भएकोबारे
 जानकार छौँ’उल्लेख गरेर नेपालमा नयाँ संविधान
 जारी भएकोमा भारतले असन्तुष्टि जनाएको हो ।
 शनिबार मात्रै दुई दिने भ्रमण सकेर फर्किएका
 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत ए
 जयशंकरले सर्वस्वीकार्य संविधान ल्याउन दलहरुलाई
 सुझाव दिँदै यदी मधेसी दलहरुलाई संविधान जारी
 प्रक्रियामा सहभागी नगराइए त्यसलाई भारतले
 स्वागत नगर्ने सन्देश उच्च राजनीतिक नेतृत्वलाई
 दिएका थिए ।
 नेपालमा संबिधान जारी भएकोमा तीब्र असन्तुष्ट
 भारतीय शीर्ष राजनीतिक नेतृत्वले उच्च नेतृत्वसँग कुनै
 शुभकामना र स्वागतको सन्देश पठाएको छैन ।
 आइतबार नै स्वीजरल्याण्डले वक्तव्य जारी गरी नयाँ
 संविधान नेपालको शान्तिप्रक्रिया पूर्णताको
 महत्वपूर्ण कोसेढुंगा भएको प्रतिक्रिया दिएको
 थियो ।
 युरोपेली संघ, जापान र रुसले नयाँ संविधान
 संविधानसभाबाट अनुमोदन भएकोमा स्वागत गर्दै
 संविधानपछि नेपालमा दिगो विकास हुने अपेक्षा
 लिएका छन् ।
 तर, अमेरिका र बेलायतले आलोचनात्मक रुपमा
 संविधान अनुमोदन भएकोमा समर्थन मात्रै गरेका छन्
 संयुक्त राष्ट्रसंघले संविधानसभाबाट संविधान
 अनुमोदन भई जारी भएकोमा मौनता देखाएको छ ।

, ,

news and entertainment