प्रचण्ड नेतृत्वको मोर्चा सडक आन्दोलन घोषणा गर्दै




९ माघ, काठमाडौं ।



एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले निष्पक्ष भूमिका निर्वाह गर्न सकेको आरोप लगाएको छ । मोर्चाको सिंहदरवारमा बसेको बैठकले अध्यक्ष नेम्वाङले निष्पक्ष भूमिका निर्वाह नगरी कांग्रेस एमालेको पछि लागेको आरोप लगाएको छ ।

बैठक पछि मोर्चाका प्रवाक्ता प्रेमबहादुर सिंहले अध्यक्ष नेम्वाङले दलहरुले नसके म आफै मस्यौदा तयार गर्छु भनेर रेफ्रिले गोल हाल्ने प्रयास गरेको, विवाद समाधान गर्ने काम संवाद समितिको हुँदाहुँदै दलहरुको सहमति विपरित प्रश्नावली समिति बनाउने भनेर आफैले प्रस्ताव ल्याएको र जर्वजस्ती पारित गराउने प्रयास गरेको र कांग्रेस एमालेको छलफलमा सहभागि भएको भन्दै उनीमाथि गम्भीर प्रश्न गठेको बताए ।

अहिलेकै अवस्थाबाट सहमति भएर संविधान निर्माणको काम अघि बढ्न नसक्ने भन्दै मोर्चाले नयाँ शिराबाट सहमतिका लागि अनुकुल वातावरण बनाउन दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । अव माघ ८ मा संविधान बन्न नसकेपछि नयाँ कार्यतालिका बनाएर अघि बढ्नु पर्ने निर्णय पनि मोर्चाले गरेको प्रवक्ता सिंहले बताए ।




सहमति नहुँदासम्म सडक र सदनको आन्दोलनलाई निरन्तरता दिने र सडकको आन्दोलनको संयोजन गर्ने जिम्मा एकीकृत माओवादीका सचिव वर्षमान पुन अनन्तलाई दिएको छ । भोलीसम्म सडक आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले बताएको छ ।

संविधानसभामा माघ ५ गते भएको तोडफोडको आफ्नो भागमा पर्ने जिम्मेवारी लिन तयार भएको भन्दै मोर्चाले ३० लाखको क्षति भएको भनेर भ्रष्टाचार गर्न खोजेको पनि आरोप लगाएको छ । मोर्चाका प्रवक्ता सिंहले भने, यो घटनाले अर्को तथ्य सार्वजनिक गरेको छ, भ्रष्टाचार कसरी कति हुँदो रहेछ भन्ने।’

त्यस्तै हिजो संविधानसभाको बैठकमा खुर्सानीको धुलो भेटिएको भनेर आफूहरुलाई बदनाम गराउने प्रयास भइरहेको मोर्चाको भनाई छ । खुर्सानीको धुलो भेटिएको भए कस्ले लगेको हो, छानविन गर्ने र सार्वजनिक गर्न माग गर्दै मोर्चाले आफूहरुलाई बदनाम गराउने गरी अनावश्यक आरोप नलगाउन चेतावनी दिएको छ ।



‘सचिवालय, संविधानसभा अध्यक्ष, र सुरक्षाको सबै जिम्मा आफै लिएर कुनाकुनाबाट खुर्सानीको धुलो पाए भन्नु हामीहरुलाई फसाउने षडयन्त्र हो, मोर्चाका प्रवक्ता सिंहले भने, सुरक्षाको जिम्मा हामी सभासद्को हो ?’

,

news and entertainment