३०७ जोडीले गरे कहिल्यै नछुट्टिने बाचा



चितवन, माघ ११

चितवनका ३०७ जोडीले कहिल्यै नछुट्टिने बाचा गरेका छन्। विश्व शान्ति तथा एकीकृत परिवार संघ र युनिभर्सल पिस फेडेरेसनले शान्ति, संबिधान र मेलमिलापमा समर्पित गर्दै रत्ननगर नगरपालिकामा आयोजित बैबाहिक पुन:प्रतिबद्धता तथा शुभ आशिर्वाद समारोहको कार्यक्रममा यस्तो बाचा गरेका हुन्।

विभिन्न भेसभुसामा सजिएर आएका जोडीहरुलाई सम्बोधन गर्दै नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले बिबाह मार्फत  दम्पतीले  एकआपसमा सम्पूर्ण कुरा सुम्पने भएकाले यसलाई हल्का रुपमा  लिन नमिल्ने भन्दै असल बैबाहिक जीवन भएका नागरिक बाटै राष्ट्रले आशा राख्ने बताए।

परिवार बिखन्डन भएमा नागरिकले तिरेको कर विकास निर्माणमा नगई अन्यन्त्र खर्च गर्नुपर्ने हुन्छ भन्दै दम्पतीहरूलाई छोराछोरीको आगाडि नमुना बनेर देखाउन आग्रह गरे।

सभासद समेत रहेका ढकालले परिवार मानव समाजको पहिलो संस्था भएकोले यसको मूल्यमान्यताको जगेर्ना गर्नु सबैको साझा दायित्व भएको बताए। ढकालले संबिधान जादुको छडी नभई  एक  परिबर्तनशिल दस्ताबेज हो भन्दै कस्तो संबिधान बन्न भनेर बढी चिन्ता नलिन आग्रह गरे।

,

news and entertainment