आज भिड्ने मुडमा ३० दल



काठमाडौँ, ११ माघ, एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाले कांग्रेस–एमालेको उक्साहटमा सभाध्यक्ष सुवास नेम्बाङले प्रक्रिया अगाडि बढाउन खोजे सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ । सहमतिबाटै संविधान जारी गर्नुपर्ने मागलाई बेवास्ता गर्दै कांग्रेस–एमालेले संवादको ढोकासमेत बन्द गरेर संविधानसभामा जबरजस्ती प्रक्रिया अगाडि बढाउन खोजको भन्दै सडक र सदनबाट आन्दोलन चर्काउने निर्णय गरेको हो ।


प्रक्रियाबाट भन्दा पनि सहमतिबाट संविधान निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने माग राख्दै एमाओवादी मोर्चाले संविधानसभामा रोष्टम घेराउ गर्दा समेत दलीय छलफल हुन नसक्नु कांग्रेस–एमालेको गैरजिम्मेवारीपना भएको निष्कर्ष निकालेको आजको नेपाल समाचारपत्रले खबर छापेको छ । मोर्चाले छलफल र वार्ताबाट निकास खोज्नका लागि कांग्रेस–एमाले जिम्मेवार नभएको बताउँदै सहमति नभएसम्म संविधानसभामा आफूहरुले गर्दै आएको अवरोध नछाड्ने बताएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मोर्चा सभामुख सुवास नेम्बाङसँग आक्रोशित भएको छ । मोर्चाले नेम्बाङले जबरजस्ती गरेर प्रक्रिया अगाडि बढाउन खोजको भन्दै आइतबारको बैठकमा यस्तो गरिए सशक्त प्रतिकार गर्ने निर्णय गरेको हो ।

,

news and entertainment