प्रोटोकल मिचेर मोदीले ओबामालाई अंगालो हाले (तस्विर सहित)
११ माघ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति बराक ओबामा र उनकी पत्नि मिशेल ओबामा तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छन् । ओबामालाई नयाँ दिल्लीमा भब्य स्वागत गरिएको छ ।
ओबामालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकलको ख्याल गरेनन् । उनले प्रोटोकल उल्लङ्घन गर्दै ओबामालाई स्वागत गर्न विमानस्थल मात्र पुगेनन् ओबामासँग गला मिलाएपनि । ।
नयाँ दिल्ली ओर्ले लगत्तै ओबामा दम्पति दिल्लीस्थित आइटीसी मौर्य होटल पुगेका छन् । विशेष विमानबाट नयाँ दिल्ली आएका ओबामा विमानबाट ओर्लेर मोदीलाई अंगालो हाल्न पुगेका थिए ।
सुरक्षा तथा सर्वोच्च अदालतको आदेशका कारण ओबामा दम्पतिले गर्ने भनिएको आगराको ताज महल भ्रमण भने रद्ध भएको बताइएको छ ।
भारतले ओबामाकै लागि यस पटक नयाँ दिल्लीमा एयर शो समेत स्थगित गरेको छ ।
