सुनको भाउ एकैदिन ८ सयले बढ्यो
८ माघ, काठमाडौँ ।
बुधबार सुनको मूल्य पुनः उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैदिन तोलामा ८ सयले उकालो लागेर ५४ हजार ४ सय पुग्यो ।
मंगलबार ५३ हजार ६ सयमा स्थीर रहेको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ महंगिएर ७ सय ५५ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय डलरको हाराहारीमा कारोबार भएको थियो ।
