कुनचाहिँ रणवीर ? कट्रीना नै झुक्किने त होइनन् !
मुम्बई । भनिन्छ, दुनियामा उस्तै अनुहार भएका ७ जना मानिस हुन्छन् । सात त थाहा भएन तर, रनवीर कपूरको भने एकजना कार्बनकपी भेटिएका छन् ।
उनी हुन् कश्मीरका जुनैद शाह ।
उनले रणवीरजस्तो देखिन केही गरेका छैनन्, भगवानले नै उनलाई त्यस्तै बनाएर पठाएका हुन् । जुनैद हाल एमबीए पढिरहेका छन् र मोडलिङमा आउन चाहन्छन् ।
तर रणवीरको तुलना आफूसँग नगरियोस् भन्ने उनको चाहना छ । जुनैदको नामा एउटा फेसबुक पेज पनि छ, जसको नाम ‘जुनैद शाह द अपकमिङ आर.के’ लेखिएको छ । यस पेजमा उनका कैयन अन्य तस्वीर पछि छन्, जसलाई देखेर पहिलो पटक जो पनि झुक्किन्छ ।
उनको अनुहार रणवीरसँग यत्ति मिल्छ कि, सबै उनलाई रणवीरको कार्बनकपी भन्छन् । सोही कारण उनी सानोतिनो सेलिब्रेटी नै बनिसकेका छन् ।