बिहेको भोलिपल्टै पति गायब

बाँके । नेपालगञ्जको बागेश्वरी मन्दिरमा परम्पराअनुसार नै विवाह भएको थियो । बिहेमा केटी पक्षका सबै उपस्थित थिए । केटा पक्षका थिएनन्। मन्दिर ब्यवस्थापनको नियमअनुसार नै ५ सय १ रूपैयाँ रसिद काटेर माघ १५ गते विवाह भएको थियो ।


बिहेमा दुलाहा दुलही धेरै खुसी देखिन्थे। काठमाडौं बस्दा प्रेम कस्सिएपछि बिवाह गरेका श्याम र सीता (नाम परिवर्तन)को अनुहारमा मुस्कान नहुने कुरै भएन। तर सीताको चन्द्रमा जस्तो मुहारमा २४ घन्टा नबित्तै ग्रहण लाग्यो ।

पति श्यामलाई घर परिवारले बेपत्ता बनाएपछि सीता आँशुको भेल बगाउँदै उनको खोजिमा छन्। श्यामलाई कोहलपुरबाट घर परिवारले लगेर सम्पर्कविहिन बनाएको छ। २२ वर्षीया श्यामको ६ महिनाअघि नै बर्दियाबाट बिबाह भइसकेको समाचार पत्रका अनुसार घरपरिवारको भनाइ छ। घर परिवारको यो भनाइलाई सीता मान्न तयार छैनन्।

news and entertainment