बोल्दाबोल्दै एक्कासी भक्कानिए डा. बाबुराम भट्टराई
काठमाडौं । एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नेवा तथा तामसालिङ राज्यका अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दा उनको गला अवरूद्ध भएको हो ।
नारायणकाजी पछि बोल्ने पालो थियो बाबुराम भट्टराईको। तर उनी कार्यक्रममा आइपुगेका थिएनन्।
यो बीचमा कलाकारले गीत गाउन थाले करिब १५ मिनेटपछि बाबुराम आए र आउनासाथ बोल्न थाले ।
पहिलो वाक्यदेखि नै बाबुरामका गला अवरूद्ध भएका थियो।
उनी भन्दै थिए- २० वर्षअघि आजकै दिन २०५२ माघ २१ गते ४० बुँदे माग लिएर म सिंहदरबार गएको थिएँ, तत्कालीन सरकारले हामीलाई वार्ताका लागि बोलाउने कष्ट पनि गरेन।
अनि माघ २८ गते म झोला बोकेर पश्चिम नेपालतिर लागेको थिएँ। आज २० वर्षपछि म फेरि झोला बोकेर पश्चिम नेपाल जाँदैछु। त्यतीबेला पनि उत्पीडित जनताको पक्षमा हिँडेको हो,तर त्यो संघर्षले पुगेन। फेरि लड्नुपर्ने भयो । आजको नयाँ पत्रिकामा समाचार छ ।
