सातवटा हेलिकोप्टर चार्टर गरी नेताहरु महायज्ञमा अजय सुमार्गीले गरे १ करोड ५५ लाख सहयोग


February 22, 2015
बाग्लुङ नगरपालिका ८ पन्चकोट धाममा स्वामी कमल नयनाचार्यको अगुवाईमा भएको महायज्ञमा शनिबार प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुको ओइरो लाग्यो ।

 प्रधानमन्त्री सुशील कोइरालासहितका नेता सातवटा हेलिकोप्टर चार्टर गरी पञ्चकोट धाम पुगेका हुन् ।


महायज्ञमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री वामदेव गौतम ,एमाले अध्यक्ष केपी ओली,भौतिक योजना तथा


यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि , सिंचाई मन्त्री एनपी साउद,पूर्वमन्त्री डा. प्रकाशशरण महत , कृषि मन्त्री हरिप्रसाद पराजुली , राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोबिन्द पोखरेल ,भारतका लागि

प्रस्तावित राजदूत दीपकुमार उपाध्याय , एमाओवादी प्रबक्ता दिनानाथ शर्मा तथा कांग्रेस नेत्री सुजाता कोइराला पुगेका थिए ।

 उनीहरुलाई हेलिकप्टर चार्टर गर्ने भने आयोजक नै थिए । कार्यक्रममा ब्यवसायी अजय सुमार्गीले १ करोड ५५ लाख ५ हजार ५ सय ५५ सहयोग पनि गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

news and entertainment