यी महिलाले बच्चा जन्माएको हजारौंले लाईभ हेरे
कुनै जमाना थियो महिलाहरुले बच्चा जन्माउने डेलिभरी रुममा पतिलाई समेत प्रवेश निषेध गरिन्थ्यो । तर जमाना निक्कै बदलिइसक्यो । आजकल महिलाहरुले बच्चा जन्माएका दृष्य मेडिकल प्रयोगका लागि मात्र नभएर चर्चाका लागि समेत सार्वजनिक गर्न थालिएको छ ।
यसै गरेकी छिन् बेलायतकी एक महिलाले । उनले आफूले बच्चा जन्माएको क्षणलाई यादगार बनाउन हजारौं मानिसले प्रत्यक्ष देखुन् भनेर अनौठो विधी अपनाएकी हुन् ।
बेलायती नागरिक ३४ वर्षीय लिंड्से टमसले आफ्नो दोश्रो बच्चा जन्माउने समयमा भएको प्रशव पीडा हजारौंले देख्ने गरी इन्लाटरनेट लाइभ गरिन् र बच्चा जन्माइन् । उनले आफ्नो प्रशव पीडाको उक्त भिडियो लाखौं मानिसले सामाजिक सञ्जालका साइटमा शेयर गर्नु पर्ने समेत बताएकी थिइन् । उनका पतिले चिकित्सकलाई भनेर १२ घन्टा सम्म चलेको उनको प्रशव पीडाका हरेक पल प्रत्यक्ष लाइभ गर्ने ब्यवस्था मिलाएका थिए ।
उनको यो भिडियो हजारौंले शेयर पनि गरे । लिंड्सेले आफूले पीडा भुलाउनका लागि परिवारका मान्छेहरुसँग तस्विर समेत खिचेकी थिइन् ।
अहिले उनी ट्वीटरमा हिट भएकी छिन् भने उनका फ्यानको संख्या पनि बढेका छन् ।
एजेन्सीको सहयोगमा
