अधुरो प्रेम – कथा

सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, केही थिएन तर उनीहरु धेरै कुरा भएर पनि केही नभएको झैँ नदीका दुई किनारमा बगर बनेर बसेका थिए । आजसम्म उनीहरुको भेट भएको थिएन, तैपनि दिनका हरेक पलमा भेटघाट हुन्थ्यो- शब्दका लहरहरु मार्फत । भन्न बाँकी केही थिएन चिन्न बाँकि केही थिएन,एक अर्काको अघि किताबका पाना झैँ पल्टाएका थिए । आफ्ना मनमनले मनलाई चिन्न बाँकी थिएन तर पनि अन्जान नै थिए उनीहरु यो समाजको परिभाषाबाट केलाउदा । न कैले भेटेको छ न कैले देखेको छ, दिन भर च्याट गर्दैमा कसरी चिन्न सकिन्छ कसैलाई ।


आज अचानक प्रेमले भन्यो ? नग्मा,म तिमीलाई माया गर्ने अनुमति चाहन्छु ? गर न त माया गर्न कस्ले रोक्या छ र ? भन्दै जिस्केको स्माइली पठाइ उसले पनि । तर प्रेम गम्भीर थियो, ? म अब तिमीसग साथिको यो सम्बन्ध अघि बढाउन सक्दिन,तिमी मेरि बन या त सधैंका लागि मलाई बिसिर्देउ,प्रेम नाम गरेको एउटा केटा थियो भन्ने कुरा नै भुलिदेउ ?  प्रेमको कुरा सुनेर उसको सातोपुत्लो उड्यो । मनको घाँटी थिचेर कसैले मार्न लागे झैँ गरि उसको मन निसास्सियो । प्रेमका शब्दहरु काडा बनेर उसलाई घोच्न थाले । बल्लतल्ल उसका शब्द निस्किए र प्रश्न गरे प्रेमलाई ? के हामी बेस्ट फ्रेण्ड भएर यसरी नै रहदाँ हुन ? प्रेमले यो असम्भव छ, तिमी मेरि बन वा सधैंका लागि बाई भन, तिमी स्वीकार्छौ भने मलाई मिस्कल गर,यदि तिम्रो मिस्कल आएन भने यो कुराकानी नै हामी बीचको अन्तिम कुराकानी हुनेछ,गुडबाई । सुन न  भन्दा भन्दै उ अफलाइन गइसक्छ । एक्कासि यस्तो प्रस्ताव राखेर नग्मालाई आफ्ना कुरा राख्ने मौका नै नदिई अफलाइन गयो तर नग्माको मनमा भने हरबखत अनलाइन बस्न थाल्यो । उसकै बारेमा सोचिरहन्थि,मनभरि उसकै कुराहरु खेलाइरहन्थि । उसका बातहरु बोझिला यादहरु बनेर मन थिचिरहन्थ्यो । प्रेमले भनेका कुराहरु दोहो¥याएर पढिरहन्थी । प्रेम दाजिर्लिङको एक हिन्दू परिवारमा जन्मेर,हुर्कि बढेको थियो ।
सानैमा पिता गुमाएको भए पनि आमाले पिताको कमि महसुस हुन नदिइ हुर्काइ,बढाइ,पढाइ इन्जिनियरिङ गराएकी थिइन । यता म वीरगन्जको एक मुस्लिम परिवारकी छोरी । बेग्लै संस्कार,बेग्लै परिवेश उसले देखेको संसार र म बाँचिरहेको संसारमा आकास जमिनको अन्तर छ । यति धेरै असमानताका बीच कसरी सम्भव होला र हामो मिलन रु हाम्रो मिलन हामी दुई बीचको मिलन मात्र नभएर दुई धर्म,दुई संस्कार,दुई संसारको संगम । ‘ ओई  किन टोलाइरहेकि तँ ? सामियाको स्वरले झसङग हुदै सोचाइको भुमरबाट बाहिर निस्कन्छे नग्मा । भन न,आजकल के भको छ तँलाई,क्लासमा नि टोलाइराँको मात्र देख्छु ? मनमा कुराको भेल बग्छ नग्माको तर आँखा भने मात्र टिल्पिलाउछन । सामिया उसको हात समाएर क्यान्टिनको कुर्सीमा बसाउदै , ल अब आरामसँग भन सबै कुरा ।
नग्मा प्रेम र उसग भएका सारा कुरा बेलिविस्तार लगाउछे । ‘कतै तँ पनि प्रेमलाई प्रेम गर्न त थालिनस् ’? सामियाको प्रश्न सुनेर नग्मालाई झट्का लाग्छ । सारा पिर पोखेर एक क्षणअघि शान्त तलाउ जस्तो भएको मनमा सामियाको प्रश्न ढुङगा बनेर खस्छ, तरङग ल्याइदिन्छ मनभरि । नग्माका आँखाबाट बर्रर आँसु खस्छन । खसेका आँसुका थोपा सँगसँगै उसका ओठहरु बर्बराउछन, हो हो, म प्रेमलाई प्रेम गर्छु । म प्रेमलाई मात्र होइन आफ्नो देशलाई,आफ्नो संस्कारलाई,आफ्नो धर्मलाई,परिवारलाई पनि प्रेम गर्छु । यहि कारणले म उसलाई चाहेर पनि वास्ता गर्न सक्दिन । मेरो बेवास्ताले उसको जिन्दगी बर्बाद हुँदैछ,उ हरेक दिन आसुमा डुबेर बाँचिरहेछ । मेरो कारणले उसको भविष्य बर्बाद नहोस् भनेर उसका बर्तमानका खुसिहरु टुक्राटुक्रा भएको टुलुटुलु हेर्दैछु । चाहेर पनि म सक्दिन म उसका खुसिलाई बचाउन । उसलाई दुखि बनाउनु मेरो चाहाना होइन,बाध्यताले मेरो मन भित्रको प्रेम र भावनाहरु लुकाएर उसको प्रेमको अपमान गर्दैछु । नग्माको आँसु,प्रेम र बाध्यता देखेर सामियाका आँखा पनि थाहै नपाइ रसाउछन पुग्छन । यति धेरै माया गर्दिरछेस् हेर, आट गरेर घरमा कुरा गर ।
सुरुमा रिसाउनु होला,झकिर्नुहोला हुदै हुन्न भन्नू होला,एकपटक राम्रोसँग कुरा गरेर सम्झाएर त हेर तेरो बाबा समझदार हुनुहुन्छ तेरो खुसिका लागि पक्का पनि मान्नु हुन्छ । तर यो भन्दा अगाडि प्रेमसग कुरा गर,कति तड्पाउछेस उसलाई है,लु अब आँसु पुछ,उठ घर जाम् । बाटोभरि नग्माको मन उडिरहन्छ,सायद उडेर प्रेम भएको ठाउँ पुग्न खोजिरहेछ । कैयौं दिन धुम्मिएर खुलेको आकाश जस्तो भएको उसको मनभरि नौला भावनाका चङगाहरुसँगै खुसिका टुक्राटुक्रि बालहरु लुकामारी खेल्दैछन । मान्छेको मन कहिलेकाँही यति कमजोर भइदिन्छ कि के गर्ने के नगर्ने,कुन सहि कुन गलत छुट्याउनै सक्दैनस बाटो आँखा अगाडि नै हुन्छ तर ठम्याउन सकिदैन । आज सामियाका दुईचार शब्दले नग्माको आँखाको पट्टी खोलियो,उसले आफ्नो भविष्यको बाटो,प्रेम प्राप्तिको बाटो देख्न थाल्छे । हुरिदै कोठा पुगेर चुकुल लगाउछे अनि झोला ओछयानमा फालेर प्रेमको नम्बरमा कल गर्छे एक रिङ जान्छ,दुई रिङ जान्छ, पहिलोपटक जीवनमा उसलाई रिङहरु यति लामा लाग्दैछन् । फोन उठेन, रु सायद बिजि होला,मेरो मिसकल देख्ने बितिकै अनलाइन आउनेछ । रु आफैलाई सुनाउछे । मन भरि फुट्न लागेको ज्वालामुखि जस्तो अटेसमटेस कुराको पोको छ तर सुनिदिने मान्छे नहुदा भित्रभित्रै उम्लिरहन्छ उसको मन।प्रतिक्षका पलहरुले दिने छट्पटी र जलन सहदै दिनभर कुरि रहन्छे । अहँ,प्रेम अनलाइन आएन न त कलब्याक नै गर्यो । झिसमिसे साँझ पछि छाएको अँध्यारो नग्माको मनमा पनि छाउँछ । आसाको सानो धिपधिपे दियोले मनको कुनामा अलि अलि उज्यालो दिए पनि उसले हिड्न खोजेको बाटो स्पष्ट देखिन छाडेको छ । तैपनि आसाको दियो निभ्न दिदैन उसको सोचले ,पक्कै भाउ खोज्या होला,म अब कल गदिर्न हेर्छु कतिन्जेल यसरी बस्न सक्छ ।
दिनहरु बितिरहन्छन,उसको प्रतीक्षा बितिरहेका दिनसगै लम्बिदै जान्छ । हरेक साँझ प्रतीक्षा असफल भएको सूचना लिएर आउँछ,रातभर अन्धकारले मौन साथ दिएर जान्छ । बिहान घामसगै उसका आँखामा उदाउछन आसाका किरण अनि प्रतिक्षाको अर्को दिन । क्यालेन्डर तिर आँखा लान्छे,दुई हप्ता बितिसकेको देख्छे । कसरी बित्यो दुई हप्ता रु उसलाई केही याद छैन,आँखा र कान त खुल्लै थिए तर उ प्रेमको प्रतिक्षामा अन्धी र बहिरि जस्ती बनेकि थिइ । यतिका दिन बितिसकेछन्,उसलाई भने केही थाहा छैन के के घटनाहरु घटे । प्रेममा मान्छे अन्धो हुन्छ भन्ने सुनेकि थिइ तर आज आफैले महसुस गरि प्रेमले मान्छेलाई अन्धो मात्र होइन बहिरो पनि बनाउदो रहेछ । बितिसकेका दिन सम्झेर छट्पटीदै प्रेमलाई कल गर्छे,धेरैवटा कल पछि फोन उठ्छ । उताबाट मलिन स्वरमा प्रेमकि आमा बोल्नुहुन्छ ? हेलो,को बोल्नु भयो ? आन्टि,म नग्मा, प्रेम छैनरु प्रेमलाई फोन दिनु न ? उताबाट रोएको आवाज आउँछ। आन्टि के भयो ? किन रुनु भको ? प्रेम ठिक त छ ? भक्कानिदै, २० दिन भयो प्रेम-गयो उसको बाबुले झैँ मलाई एक्लो बेसहारा ? नग्माले बाँकी कुरा सुन्नै सकिन,फोन सगसगै उसको मन पनि भुँईमा पछारियो ।
आँखाबाट भेल बनेर पीडा बगिरह्यो । पछिसम्म कोठामा एक्लै हुदा प्रेमले पठाएका शब्दहरु पढेर रुन छाडिन उसले । समय बित्दै जादा आँसुले उसको साथ दिन छाडे,आँसुहरु झर्न छाडे तर फूलबाट हरायो सुगन्ध झैँ नग्माको मनबाट हराएको खुसि फर्किएन । सायद,प्रेम नग्माको जीवन मा खुसिलाई जिवित राख्ने अमृत झैँ बन्न पुगेको थियो । अमृत हराए पछि उसका हाँसोहरु क्षणिक बन्न पुगे,फिस्स हाँसेर छिनमै बिलाइहाल्थे । प्रेमले आफ्नो मन नग्मालाई छाडेर गयो,उसले पनि आफ्नो मन प्रेमलाई दिएकि थिइ तर मनको भित्ता भरि टाँसिंएका प्रेमका तस्विरलाई चिहाउने मौका दिइन। बोझ बनेको छ उसको एक गल्ती अनि प्रेमसगको एक गुनासो । प्रेमले उसलाई प्रेम गर्न सिकायो तर प्रेमकथा भने अधुरै छाडेर गयो,कहिल्यै नफकिर्ने गरि ।

news and entertainment