राजधानीको आकाशमा मानवरहित विमानको आतंक !
February 26, 2015
पेरिस । उच्च सुरक्षाको समयमा फ्रान्सेली राजनीमा रहस्यमय रुपमा मानवरहित विमान देखिन थालेका छन् ।
पेरिसको आकाशमा पछिल्लो दोस्रो रात पनि यस्ता अज्ञात विमान उडेको प्रहरीले जानकारी दिएको छ । गतवर्ष यस्ता विमानहरु फ्रान्सको आणविक संयन्त्रमा देखा परेका थिए ।
हालै राष्ट्रपति निवास तथा पारमाणविक पनडुब्बी रहने स्थल ब्रिटनीको खाडीमा पनि यस्ता विमान देखा परेका छन् । अधिकारीहरुले यस्ता विमान नियन्त्रणमा लिन सकेका छैनन् ।
राजधानीमा चालकविहीन विमान उडाउनु कानुनविपरित मानिन्छ । गत महिना जिहादीले आक्रमण गरेपछि त्यहाँ सुरक्षा अवस्था बलियो बनाइएको छ । कान्तिपुरमा समाचार छ ।