आँखा भरी आँशु पारेकी ऐश्वर्या अमिताभको अंगालोमा

एजेन्सी ।


बलिउडकी सर्वाधिक सुन्दरी मध्ये शीर्ष स्थानमा आउने ऐश्वर्या रायको उचाइ उनी जोडिएको परिवारकै कारण सँधै कायम छ । उनी अझै पनि सुन्दरी अभिनेत्रीकोरुपमा संसारभरी चर्चित छिन् । आत्म विश्वास र सुन्दरताको मेल मानिने ऐश्वर्या मुम्बइमा आयोजित एक कार्यक्रममा भने साह्रै नै भावुक बनिन् ।



खासमा उनी आफ्ना ससुरा अर्थात बलिउडका विग बी अमिताभ बच्चनको एक फिल्म शमिताभ रिलिज कार्यक्रममा भावुक बनेकी हुन् ।

विहीबार राति उक्त फिल्मको स्क्रिनिङका क्रममा बच्चन परिवार नै सहभागी थिए । शमिताभ हेरेपछि ऐश्वर्या यति भावुक भइन् कि उनी आँखाभरी आँशु पार्दै ससुरा अभिताभको अंगालोमा गइन् ।



अभितावले यो तस्विरलाई आफ्नो ब्लगबाट समेत शेयर गरेर उनको फिल्मलाई बुहारीको प्रशंसा प्राप्त भएको भन्दै खुसी ब्यक्त गरे ।

news and entertainment