दलाई लामाको प्रशंसा गरेर अमेरिकाले गल्ती गर्यो: चीन
बेइजिङ, माघ २३ – निर्वासित तिब्बती नेता दलाई लामालाई विश्वका एक उदाहरणीय नेता भनी अमेरिकाले गरेको प्रशंसाको चीनले विरोध गरेको छ ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हङ् लीले शुक्रबार भने, ‘तिब्बतको विषयलाई लिएर विश्वका कतिपय देशले चीनको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने गिरेका छन् जुन हामीलाई कुनैपनि हालतमा स्वीकार्य छैन ।’
दलाई लामाले आफ्नो राजनीतिक स्वार्थ पूर्तीका लागि विश्वका कतिपय राष्ट्रको समर्थन र सहयोग खोजिरहेको तर उनी सफल हुन नसक्ने प्रवक्ता हङ्ले बताए । एएफपी