भारतले नाकाबन्दी गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो- परराष्ट्र विद्

बोमलाल गिरी । काठमाडौं ।

कुटनीतिक मामिलका जानकारहरुले भारतलाई आफ्नो हैकमवादी नीति त्याग्न सुझाव दिएका छन् । नेपाली हेडलाइन्ससँग कुरा गर्दै उनीहरुले भारतको पछिल्लो अभिव्यक्ति प्रति राजनीतिक दलका शीर्ष नोतलाई सुझवुझ पूर्ण नीति अपनाउन पनि सुझाव दिएका छन् ।


परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले विश्वको नेता हुन खोज्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हेप्न नसुहाउने बताए । संयुक्त राष्ट्रसंघको ७० औ महासभा शुरु हुनै लाग्दा मोदीले कर्मचारी मार्फत पठाएको सन्देशले उसकै वेइजत हुने श्रेष्ठको ठम्म्याई छ ।

Hiranyalal Shrestha

भारतले नाकावन्दी गर्न लागेको हल्ला पनि आएको भन्दै श्रेष्ठले नेपालबाट धेरै रेमिट्यान्स भारत जाने भएकाले नाकावन्दी गर्नु भारतका लागि आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हुने उनले टिप्पणी गरे ।

‘संयुक्त राष्ट्रसंघको महासभाको बेला भारतले कर्मचारी मार्फत त्यस्तो अदुरदर्सी काम गर्न सुहाउँदैन, श्रेष्ठले भने, ‘नेपालको आन्तरिक मामलिामा हस्तक्षेप नगर्दा नै उसको भलाई हुन्छ । देशलाई महत्व नदिएर सानो देशको सानो समुदायलाई मात्र महत्व दिएर उचाल्नु भारतकै लागि पनि अन्तराष्ट्रिय रुपमा हानी गर्छ ।’

,

news and entertainment