बढ्यो नेपाली सेनाको तलब, मिसनमा खटिनेले अतिरिक्त भत्ता पाउने
काठमाडौं, २२ चैत । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका जनशक्तिबाट कल्याणकारी कोषमा मोटो रकम दाखिला गरी व्यवसायमा लगाउने तयारी गरेको छ ।
सेनाले दर्जा अनुसार रकम कट्टागरी सैनिक कल्याण कोषमार्फत व्यापार व्यवसायमा लगानी गर्न लागेको हो । सेनाले हाइड्रोपावर, हेटौंडा कपडा उद्योग लगायतमा लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
कोषमा रकम कट्टा गर्ने योगदानका हिसावले जबानको रकम बढी काटौती हुने गरेको छ । पल्टनका रुपमा तैनाथ शान्ति सैनिकले यसअघि पाउने मासिक १ हजार २८ डलर पारिश्रमिक हुँदा कल्याण कोषमा सबै तहका जनशक्तिबाट ८०१.८४ सेन्ट कट्टा गरिन्थ्यो । तर, एक वर्षअघिदेखि मिसनको अवधि एक वर्ष बनाउँदै राष्ट्रसंघले मासिक पारिश्रमिक १ हजार ३ सय ३२ डलर र अतिरिक्त भत्ता दिने निर्णय गरेपछि सेनाले कोषमा जम्मा हुने रकम हेरफेर गरेको हो ।
नयाँ नियम अनुसार सेनानीको २९, परिचरको ३ सय ७८ डलर कोषमा कटौती हुने भएको छ । राजधानी दैनिकमा समाचार छ ।
