ओलीको मानसिक अवस्था चाँडै ठीक होस् : भट्टराई


२३ माघ, गोरखा ।


एमाओवादी नेता बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको भन्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बुधबार साँझ गोरखा आइपुगेका भट्टराईले बिहीबार पत्रकारहरुसँगको भेटमा ओलीको मानसिक अवस्था ठीक नभएको आरोप लगाउँदै स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रचण्डको मोर्चाले अध्यक्ष ओलीको मानसिक अवस्था ठीक नभएकाले उपचार गराउन सरकारसँग माग गर्ने निर्णय गरेको भोलिपल्ट गोरखामा बोल्दै भट्टराईले ओलीको मानसिक स्वास्थ्य ठीक नभएको बताउँदै स्वास्थ्य लाभको कामना गरेका हुन् ।

‘हामी उहाँलाई गालीगलौज त गर्दैनौं बरु उहाँको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं भट्टराईले भने, ‘नेपालमा सबैभन्दा छुद्र मानिसबारे सोधे बालबालिकाले पनि ‘केपी ओली’ भन्छन् । यस्ता ब्यक्तिबारे धेरै टिप्पणी गर्दिनँ ।’

बाबुरामले ओलीले भनेअनुसार कांग्रेस पछि लाग्ने गरेको आरोप लगाए । ‘केपी ओलीको पछिपछि कांग्रेस लागेको छ’ उनले भने, ‘हामीले ओलीलाई गाली गरेका छैनौं । उहाँले बरु हामीलाई छुद्र शब्दले गाली गर्नुहुन्छ । म ओलीबारे केही टिप्पणी गर्दिन ।’

उनले मोर्चामा आबद्ध केहीले ओलीको मानसिक अवस्था ठीक नभएको भनेपनि यस्तो निर्णय भने नगरेको दाबी गरे ।


संविधानसभा बहिष्कार नगरी संविधानसभाका केही समितिको बैठकलाई मात्र बहिष्कार गरेको भन्दै भट्टराईले आन्दोलन अवधिभर संविधानसभाको बैठकमा सहभागी नहुने बताए । कांग्रेस एमालेहरुले २०४७ कै संविधान ल्याउन खोजेको उनले आरोप लगाए ।

‘संविधानसभा नै वहिष्कार गरेका होइनौँ’ उनले भने ‘सत्तारुढ दल सहमति छाडी प्रक्रियामा गएकाले त्यो गलत प्रक्रिया नछाडेसम्म संविधानसभा बैठक बहिष्कार गर्ने हाम्रो निर्णय हो ।’

यथास्थितिवादी दल हावी भएको आरोप लगाउँदै भट्टराईले परिवर्तनकारी शक्तिलाई पाखा लगाउन खोजिएको बताए । ‘सत्ता र शक्ति फरक विषय हो’ उनले भने, ‘अहिले जनमत सत्तातिर छ कि शक्तितिर छ भन्ने बुझ्न हामी काठमाडौं छाडेर जिल्ला फर्केका हौं ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कांग्रेस र एमालेले लोकतन्त्रको नकच्चरो रुप देखाइरहेको उनको भनाइ थियो । ‘कांग्रेस एमाले दोधारे नीतिमा छन्’ उनले भने, ‘उनीहरुले नकचरो लोकतन्त्र प्रस्तुत गरिरहेका छन् ।’

news and entertainment